वीरगन्ज ।ईलाका प्रहरी कार्यालय सिम्रौनगढका घुमुवा सहायक प्रहरी हवल्दार रुपेश कुशवाहाले आर्थिक आतंक नै मच्चाएका छन्।
ईप्रका सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक पवन प्रसाईं हुन्।निरीक्षक प्रसाईंको बिशवासपात्र प्रहरी सहायक हवल्दार कुशवाहा रहेका छन । विश्वासपात्र कुशवाहालाई ईन्सपेकटर प्रसाईले घुमुवा परिचालन गरि तस्करी गराए बापत तस्करहरुबाट लाखौं रुपैया बुझने गरेका छन।घुमुवा कुशवाहा अहिले सो क्षेत्रमा रहेका सिमानाकाहरुमा आर्थिक तांडव मच्चाएका छन।
घुमुवा सहायक हवल्दार कुशवाहाले ईप्रका सिम्रौनगढको मातहत पर्ने पथालवा घाट,पिपरपाती,बैरिया,बेलदारी, खज्जानी र कोचोर्वा चौकीका ईन्चार्जहरु संग समन्वय गरि प्रहरी निरीक्षक प्रसाईंको नाऊमा समेत रकम बुझने गरेको नाम नछाप्रने सर्तमा एक प्रहरी जवानले बताएका छन।घुमुवा कुशवाहाले प्रहरी निरीक्षक प्रसाईंको नाऊमा लाखौं रुपैयाको नजराना बुझि सिम्रौनगढ नाकाबाट भोला र दिपकको ग्रुपले ५/७ वटा मोटरसाइकलमा कपडा र संदिप ग्रुपले तयारी कुखुरा र लत्ताकपडाको १०/१२ वटा मोटरसाइकलमा काम गर्ने छुट गरेका छन।त्यसैगरि अमरपुर नाकाबाट दिपक कपडाको , बैरिया नाकाबाट धानको बिऊ र मलको प्रमोद , राजु,उपेन्द्र र राजुको ठुलो मात्रामा तस्करीको लाईन खुल्ला भएको छ।भन्ने कवलपुरघाटबाट राजकुमार र अखलेशको ट्याकटरबाट धानको तस्करी हुँदै आएको हो।
विगत केही बर्षदेखी ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत रहेका प्रहरी सहायक हवल्दार कुशवाहा सदा पोशाकमा खटि सिमानाकामा हुने विभिन्न किसिमको अवैध सामान ओसारपोसार गर्न व्यापारी तथा मदिरा भठ्ठीहरुबाट लाखौं रुपैया ईन्सपेकटर देखि एसपी सम्मको रकम असुल्दै आएको स्थानीयहरुले बताउछन् ।
त्यसैगरी कुशवाहा चौकी देखि सिमानाकामा पुगि एसपी संतोष तामाङको नाऊमा समेत रकम बुझदै आएका छन्।
जेनजी अन्दोलनपछि देशको प्रधानमन्त्री देखि गृहमन्त्री सम्म परिवर्तन भएपनि बारा जिल्ला स्थित रहेको ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा केही परिवर्तन नभएको स्थानियहरुले बताउछन् ।