कृष्ण यादव
पर्सा प्रहरीले एक महिनाको अवधिमा७ करोड रुपैयाँ बराबरको भन्सार छलिको सामान पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले १ महिनामा विभिन्न नाकाहरुबाट करिब ६ करोड ८७ लाख६२ हजार ३ सय रुपैयाँ बराबर विभिन्न किसिमको अवैध तस्करीको मालसामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख एवम प्रहरी उपरीक्षक सुदिप राज पाठक हाजिर भएको दिन देखिनै चाडपर्वको वेलामा तस्करीमा कडाई गरि करिब ७करोड रुपैयाँ बराबर अवैध सामानहरु पक्राउ गर्न सफल भएका छन्।
प्रहरीले लता कपडा खाद्यान्न इलेक्ट्रोनिक्स सामान चिनी बिष्फोटक पदार्थ पटाका लगाएतका विभिन्न प्रकारका सामानहरु पक्राउ गरेका छन्।
त्यसैगरि एक महिनामै मात्र लागू औषध गाँजा ४३ किलो, चरेस ११ किलोग्राम, खैरो हेरोइन ३१ ग्राम बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक पाठकले बताए।
एक महिनाको अवधिमा विभिन्न अपराधमा संलग्न र कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ७ जना प्रतिवादीलाई पनि पक्राउ गरी नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।पक्राउ परेका तस्करीको सामान भन्सार कार्यालय वीरगन्जमा बुझाएको पर्सा प्रहरी प्रमुख पाठकले बताए।