Author: Scoop Khabar

काठमाडौं । गत आइतबार सुटकेसभित्र मृत भेटिएकी रौतहट माधव नारायण नगरपालिका-६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन् । आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् । अभियुक्त पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेको रौतहटका प्रहरी उपरीक्षक (एसपी) नेत्रमणी गिरिले जानकारी दिए । उनका अनुसार डिएसपी राजु कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीका अनुसार उनको ३० प्रतिशत भाग जलेको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार रुबी…

थप

काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ का २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको हत्या प्रकरणमा संलग्न तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत दैलेखका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले मंगलबार आरोपीहरूलाई थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएको हो । अदालतका अनुसार मृतक शाहीकी प्रेमिका महाबु गाउँपालिका–५ काँशिकाँधकी २७ वर्षीया गंगा बन, उनका ६३ वर्षीय बुबा नैने बन र ५६ वर्षीया आमा भक्कु बनलाई थुनामा पठाइएको हो । यसअघि जिल्ला प्रहरी कार्यालय दैलेखले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यसपछि आइतबार सरकारी वकिल कार्यालयले ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता गरेको हो । उक्त बहसपश्चात अदालतले तीनै जना आरोपितलाई पुर्पक्षका…

थप

काठमाडौं । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको मृत्यु भएको छ । गएराति भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति शिरिष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । राति ९ बजेतिर दुर्घटना भएको थियो । उपचारको क्रममा उनको च्छो रोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको हो । २४ वर्षीय बस्नेत बस्नेत भीमेश्वर नगरपालिका वडा नम्बर–५ माटीका स्थानीय हुन् । उनले चलाएको बा.५३ प ८८९९ नम्बरको मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्याम बहादुर खत्री ‘सुजन’को पनि मृत्यु भएको छ । काठमाडौंबाट चरिकोट जाँदै गरेका बस्नेतले चलाएको मोटरसाइकल लामोसाँघु…

थप

काठमाडौं । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालमाथि आर्थिक अनियमिततासहित गम्भीर आरोप लागेपछि छानबिन गर्न एकैपटक ५ वटा समिति गठन गरिएको छ । प्रदेश प्रहरी स्रोतका अनुसार एसपी सिलवालविरुद्ध ३५ वटा लिखित उजुरी दर्ता भएका छन् । जसमध्ये ५ वटा गम्भीर प्रकृतिको रहेको बताइन्छ । आर्थिक अनियमितता, चालकहरूसँग अवैध असुली, मापसे नियन्त्रण प्रक्रियामा मनपरी, चोरीका सवारीसाधन गैरकानुनी प्रयोग र मालसामानसम्बन्धी लेनदेनमा अनियमितता रहेको बताइन्छ । हरेक विषयलाई छुट्टै अध्ययन गर्न एसएसपी स्तरका अधिकृतको नेतृत्वमा दुईवटा र एसपीको नेतृत्वमा ३ वटा समिति गठन भएको छ । एसएसपी कमल थापाको नेतृत्वमा आर्थिक अनियमितता…

थप

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माइतीघर मण्डलामा पुगेर उखु किसानहरूको आन्दोलनलाई समर्थन गरेका छन् । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उखु किसानहरुले आइतबारदेखि निरन्तर प्रदर्शन गरिराखेका छन् । सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपश्चात उखु किसानहरु उखु नै बोकेर आन्दोलनमा होमिएका हुन् । तराईका विभिन्न जिल्लाहरु बारा, पर्सा, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासीलगातका जिल्लाबाट किसानहरु सहभागी छन् । आन्दोलनलाई सम्बोधन गर्दै भट्टराईले सरकारले उखु किसानहरुलाई ब्ल्याकमेलिङ गरेको बताए । उनले भने, ‘मिल मालिकहरु र सरकारका मान्छेहरुले…

थप

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् । जोर्डनका राजालाई पत्र पठाउँदै राष्ट्रपति पौडेलले जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि यथाशाक्य पहल गरिदिन आग्रह गरेका हुन् । उनले पत्रमा यस प्रयोजनका लागि जोर्डनी समकक्षीले चाल्ने सबै मानवीय तथा कूटनीतिक कदमको नेपाल र नेपाली जनताले उच्च प्रशंसा र स्वागत गर्ने उल्लेख गरेका छन् । विपिनकी आमा पद्मा र बहिनी पुष्पाले राष्ट्रपति भवन शीतल निवासमा भेटेर रिहाइको लागि पहल गरिदिन आग्रह गरेका थिए ।

थप

बारा । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ । पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा बन्धक बनाएर कुटपिट गरेका हुन् । शिक्षक यादवलाई अर्धनग्न बनाएर पाता फर्काए हता बाँधेर कुटपिट गरिरहेको भिडियो नै बाहिरिएको छ । उनी स्मार्ट कोचिङका शिक्षक हुन् । घटना गत २८ साउनको हो । केही व्यक्तिहरूले आफूलाई समातेर लगेपछि वडा कार्यालयमा बन्धक बनाएर वडाध्यक्ष कुशवाहासहितले कुटपिट गरेको पीडित शिक्षक यादवको गुनासो छ । ‘केही व्यक्तिले मलाई वडाध्यक्षले बोलाइरहेको भनेर समात्न आए । कलर समातेर…

थप

ललितपुर । रचनात्मक पत्रकारिताबारे पहिलो नेपाली पुस्तक ‘रचनात्मक पत्रकारिता: हाते पुस्तक’ प्रकाशन भएको छ । पत्रकार तथा अध्येता टुमराज कोइरालालिखित पुस्तक यसै साताबाट उपलब्ध हुनेगरी सार्वजनिक गरिएको प्रकाशक सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेशले जानकारी दिएको छ । सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार समाजमा फैलिरहेको निराशा र नकारात्मकता न्यूनीकरण गर्न विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो । प्रविधिको तीव्र विकाससँगै नकारात्मक समाचारको व्यापक फैलावटका कारण पत्रकारिताप्रति खस्किरहेको विश्वासलाई रचनात्मक पत्रकारिताले पुनस्थापित गर्ने अपेक्षाका साथ विश्वका विभिन्न देशमा यसको अभ्यास बढिरहेको सापकोटाले जानकारी दिए । पुस्तकले उक्त अभ्यास अवलम्बन गर्न र अध्ययन गर्न…

थप

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने सर्वसम्मतले भएकी छन् । यद्यपि, उनी सभापतिमा निर्वाचित भएको घोषणा हुन बाँकी छ । समितिका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा आज उम्मेदवारी दर्ताको तालिका थियो । दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तय भएको थियो । निर्धारित समयमा न्यौपानेको एकल उम्मेदवारी मात्रै परेको छ । योसँगै न्यौपाने सभापतिमा सवर्मसम्मत भएकी हुन् । राज्य व्यवस्था समितिको बैठक भोलि दिउँसो ३ बजे बस्दै छ । जहाँ न्यौपाने सभापतिमा सर्वसम्मत भएको घोषणा हुनेछ । न्यौपाने यसअघि संसदीय सुनुवाई समितिको सभापति थिइन् । कांग्रेसले न्यौपानेलाई राज्य…

थप

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २० प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रधान कार्यालयको कानुन शाखाले मंगलवार एक सूचना जारी गर्दै २० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो । गैरहाजिर हुनेमा एक जना असई, एक जना हवल्दार, चार जना सहायक हवल्दार, दुई जना कार्यालय सहयोगी, एक जना प्रविधि प्रहरी जवान र बाँकी सबै प्रहरी जवान छन् । उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च)को कसुरमा कारबाही प्रक्रिया अघि बढाइने प्रधान कार्यालयले जनाएको छ ।

थप