वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध गाँजासहित तिनजनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीले ९ केजी ३८० ग्राम लागुऔषध सहित तिनजनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा भारत बिहार बेैसाली जिल्ला बिदुपुर ग्राम बस्ने २२ बर्षाको राजकुमार, राजामाईकल बस्ने बर्ष२३ को विशाल कुमार र भारतको छपरा जिल्ला सोनपुर ग्राम वडा नम्बर ३ बस्ने बर्ष २४ को पिन्टु कुमार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक हरि बस्नेतको अनुसार विशेष सूचनाको आधारमा जिल्ला पर्साको पर्सागढी वडा नम्बर ९ बडेर्वा पम्पको नजिक सडकखणडमा प्रहरी चौकी मानवाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ शंकास्पस्दरुमा पैदल ३ जना हिडिरहेको तिनजना मानिसहरुलाई रोकी चेकजाँच गर्दा ३ जनाको शरिरबाट छुट्टाछुट्टै लागुऔषध गाँजा सहित पक्राउ गरेको बताए।
तिनै जनालाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
