Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
सुनसरी । इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । थापाविरुद्ध शरीर अंगभंगसम्बन्धी फौजदारी मुद्दा दर्ता भएपछि जिल्ला अदालत सुनसरीले प्रहरीले पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको हो । सरकारी पदमा रहेका जो कोही विरुद्ध अदालतमा फौजदारी मुद्दा दर्ता भएमा पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था भए पनि वडाध्यक्ष थापाले मुद्दा दर्ता र पक्राउ पुर्जी जारी भएपछि समेत वडाको दैनिक कामकाज संचालन गरेका थिए । उनले नागरिकता लिन आउने नागरिकका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा सिफारिससमेत पठाएका थिए । तर उनी ८ गतेसम्म कार्यालयको कामकाज गरेपछि ९ गतेदेखि वडा सदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक तोकेर फरार…
सुजन पन्त नेपाल प्रहरी मुलुकको सुरक्षा र कानूनी संरचनाको संवेदनशील स्तम्भ हो । यसलाई बलियो, निष्पक्ष र पेशागत बनाउनु राज्यको प्राथमिक जिम्मेवारी हो । तर पछिल्ला दिनमा प्रहरी महानिरीक्षक (आईजीपी) को पदावधि लम्ब्याउन नियमावलीमा व्यक्तिगत स्वार्थअनुसार हस्तक्षेप गर्ने प्रयासले सुशासनमाथि प्रश्न उठाएको छ । कानुन र नियम झुक्याएर केवल एक–दुई व्यक्तिको सुविधा सुनिश्चित गर्नु सुशासनको उल्लंघन हो । यस्तो अभ्यासले संगठनभित्र असन्तोष, मनोबल गिरावट र पेशागत क्षमतामा धक्का पुर्याउँछ । प्रहरीलाई बलियो बनाउने सट्टा, सरकार आफैं संगठनमाथि राजनीतिक दबाब बढाउने स्थिति सिर्जना गर्दैछ । सही र दिगो उपाय यही हो कि प्रहरी नियमावलीको सुधार मात्र संसदबाट पारित कानुनको माध्यमबाट हुनुपर्छ…
काठमाडौं । कैलालीमा साथीको जन्मदिन मनाउन गएका चार किशोरको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार घटना बिहीबार दिउँसो भएको हो । गोदावरी नगरपालिका–९, सहरी झोलुंगे पुल नजिक नुहाउन पसेका धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी दिउँसो १२ बजे सम्पर्कविहिन भएका थिए । ‘७ जना साथीहरूको समूह जन्मदिन मनाउन गएको थियो । खोलामा नुहाउने क्रममा उनीहरूले हात समातेर तर्न खोज्दा गहिरो भागमा फसेछन्’ डीएसपी चन्दले भने, ‘हात छुटेपछि अन्य तीन जना सकुशल बाहिर आएका छन् ।’ स्थानीयवासी,…
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सेनाभित्र आर्थिक अनियमितता गरेको भन्दै केही उच्च अधिकारीमाथि कारबाही अघि बढाएका छन् । ठेकेदारसँग मिलेमतो गरी बजेट दुरुपयोग गरेको आरोपमा प्रधानसेनापति सिग्देलले चार जना जर्नेल र दुई जना कर्नेललाई छानबिनको दायरामा ल्याएका हुन् । उपरथी प्रकाश देउजा, डिजिएमएस डा. अरुण शर्मा, सहायकरथी भुवन कुँवर, सहायकरथी भरत भण्डारी, महासेनानी दीपक भण्डारी र प्रमुख सेनानी सुजन प्रधानमाथि छानबिन सुरु भएको छ । तीमध्ये कुँवर र प्रधानलाई जिम्मेवारीबाट समेत हटाइसकिएको छ । डा. कुँवरलाई सैनिक अस्पतालको प्रमुख थिए । हाल उनलाई सैनिक सचिवकोमा तानेर अतिरिक्त समूहमा राखिएको छ । सेनाको अस्पतालमा करिब १५ करोड रुपैयाँ बराबरको…
काठमाडौं । प्रधानमन्त्री मातहत रहने राष्ट्रिय अनुसन्धान विभागले ९० जना जनशक्ति माग गरेको छ । विभागले शुक्रवार सूचना जारी गरेर नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार अनुसन्धान अधिकृत ४० जना र अनुसन्धान सहायक ५० जना माग भएको छ । तोकिएको योग्यता पूरा भएका उम्मेदवारले असोज १२ गते भित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर असोज १९ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । हेर्नुहोस् विस्तृत सूचना
काठमाडौं । नेपाल प्रहरीमा लागू हुँदै आएको ३० वर्षे सेवाअवधि हटाउने पहल अन्ततः असफल भएको छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले अवकाश नजिकिँदै गर्दा सेवाअवधि थप गरी नियमावली संशोधन गर्न पहल गरे पनि सरकार अन्ततः पछि हटेको हो । गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्मासम्म नियमावली संशोधन गर्ने तयारी भएको थियो । तर सत्तापक्षभित्रै यसको विषयमा व्यापक असहमति देखियो । सरकारले लोकसेवा आयोगसँग अनिवार्य सहमति लिनुपर्ने भए पनि प्रक्रियामा ढिलाइ भएको थियो । त्यसमाथि सर्वोच्च अदालतबाट पनि सो संशोधन बदर हुने सम्भावना उच्च देखिएपछि सत्तापक्ष हच्किएको स्रोत बताउँछ । सत्तापक्षका शीर्ष तहमा ‘व्यक्तिगत लाभ पुग्ने गरी कानुन परिवर्तन गर्दा राजनीतिक…
काठमाडौं । ११ नं. गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सन्तोष बस्नेत हेडक्वार्टर तानिएका छन् । उनलाई बुधबार सशस्त्रको हेडक्वार्टर हल्चोकमा झिकाइएको सशस्त्र प्रहरी मुख्याललये जनाएको छ । तस्करीमार्फत भित्रिएको ५९४ बोरा चिनी गायब बनाएको आरोपमा एसपी बस्नेतसँगै सुरक्षा बेस सन्तपुरका डीएसपी राजेन्द्रबहादुर बस्नेतलाई पनि हेडक्वार्टर तानिएको छ । यसअघि डीएसपी बस्नेतलाई मधेश प्रदेशस्थित सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीमा तानेर छानबिन गरिएको थियो भने एसपी बस्नेतलाई सचेत गराइएको थियो । तर छानबिनका क्रममा उनीहरूको गल्ती भेटिएपछि हेडक्वार्टर नै झिकाएर थप छानबिनको प्रक्रिया अघि बढाइएको हो । यसअघि यो प्रकरणमा तस्करीको चिनी लुकाएर भण्डारण गरेको सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म…
काठमाडौं । मधेस प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) लाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले झालाई थुनामा पठाउने आदेश सदर गरेको हो । यसअघि साउन १४ गते बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौैले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरूद्व उनी उच्च अदालत गएका थिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बचाउने जिम्मेवारी लिइएको बताएका छन् । माओवादी कोशी प्रदेश सचिवालय बैठकमा रास्वपाप्रति प्रचण्डले सहनुभूति देखाइरहेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए । जवाफमा उनले रास्वपा बचाउनु आवश्यक रहेको बताए । केपी ओली र देउवा मिलेर गठवन्धन गरेपछि धेरै रिस उठेको र रास्वपालाई बचाउने जिम्मेवारी लिइएको प्रचण्डले उल्लेख गरे । ‘ओली-देउवा नेतृत्वको गठबन्धन बनेको बेला प्रतिपक्षलाई कमजोर बनाउने खेल भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्नु जरुरी भयो’, उनले भने । रास्वपाले राम्रो राजनीतिक हस्तक्षेप गरेको भए पनि उनीहरूको काम गर्ने शैली र मिडियाबाजी धेरै भएको प्रचण्डको टिप्पणी छ ।…
गोविन्द पन्थी नेपाल प्रहरीमा कार्यरत हामी ३२८ जना अधिकृत देशलाई अफ्ठ्यारो पर्दा (१० वर्षे शस्त्र द्वन्द्व) आफ्ना परिवारलाई बेवास्ता गर्दै ज्यानको बाजी लगाएर राज्यको संरक्षणको लागि डटेर साथ दियौं। तर हामीमध्ये ४८–५० वर्षको उमेर समूहमा रहेका, हालको मौजुदा प्रहरी नियमावली बमोजिम पनि आफ्नो पदावधि (दर्जागत हिसाबले समेत) ४–६ वर्ष बाँकी रहेको अवस्थामा, सर्वोच्च अदालतको पूर्व निर्देशनात्मक आदेश सरकारले कार्यान्वयनमा नल्याई अदालतको अवहेलना गरेको भन्ने तर्कसंगत हिसाबले सर्वोच्च अदालतमा रिट हालेका थियौं। सो रिटमा सर्वोच्च अदालतका माननीय न्यायाधीश हरि फुयालको एकल इजलासले अन्तरिम आदेश मात्र होइन, कानुन नबनाएकोमा ‘तिमीलाई अदालतको मानहानीमा किन कारबाही नगर्ने’ भनी सरकारको नाममा कारणसहित उपस्थित हुनुपर्ने आदेशसमेत…