काठमाडौं । दीपक आचार्य ‘काकु’ निर्देशित ब्लकबस्टर नेपाली चलचित्र ‘परान’ अब अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शन हुने तयारीमा छ। सोहीअनुरुप, नीर शाह मुख्य भूमिकामा रहेको फिल्म जापानमा प्रदर्शन हुन लागेको हो।
आउँदो ३० तारिख आइतबार, टोकियोको नाकानो जिरो हलमा साँझ ६ बजे विशेष शो प्रस्तुत हुने भएको छ। जसको लागि टिकट २५०० येन र ३००० येनको दरले उपलब्ध हुनेछ।
यसका अतिरिक्त, जापानका अन्य सहरमा पनि ‘परान’ प्रदर्शन गर्न चाहनेहरूले +८१७०-९०७०-९३२० मा सम्पर्क गर्न सक्ने आयोजक पक्षले जनाएको छ।
२०८२ सालको सबैभन्दा धेरै कमाइ गर्न सफल नेपाली फिल्म बनेको ‘परान’ले प्रदर्शनको २३ औँ दिनसम्म करिब १३ करोड रुपैयाँ ग्रस बक्स अफिस कमाइ निकालेको थियो।
फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, अन्जना बराइली, महेश त्रिपाठीलगायतका कलाकारहरुले अभिनय गरेका छन्।
