Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । जेनजी आन्दोलनका क्रममा जेलबाट फरार भएका भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तद्वय केशवप्रसाद दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनको क्रममा मौकाको फाइदा उठाएर ५२ वर्षीय दुलाल र ५५ वर्षीय भण्डारी केन्द्रीय कारागार, जैसीदेवल, सुन्धाराबाट फरार भएका थिए । उनीहरूलाई ललितपुरको धापाखेलबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको हो । मोरङको पथरी नगरपालिका-१० स्थायी ठेगाना भएका दुलाल ललितपुर महानगरपालिका-२३ धापाखेलमा बस्दै आएका छन् । भण्डारी ललितपुर महानगरपालिका-२३ धापाखेल निवासी हुन् । एआईजी दानबहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै काठमाडौं उपत्यकाभित्रका कारागारहरूबाट फरार भएका कैदी बन्दीहरूलाई खोजतलास…
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । बौद्धस्थित दीपज्योति बैंक्वेटमा सोमबार बसेको पार्टीको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले पदत्याग प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृति प्रदान गरेको हो । पार्टी प्रवक्ता कृष्ण शर्माका अनुसार अब पार्टीको महाधिवेशन आयोजक समिति गठन गरिएको छ । जसअनुसार उपाध्यक्ष दुर्गा सोब संयोजक, महासचिव सोनामसिंह स्याङ्तान सदस्य–सचिव र कृष्ण शर्मा प्रवक्ता जिम्मेवारीमा रहनेछन्। केन्द्रीय सदस्य टङ्क धमलाले नेसपा (नयाँ शक्ति) ले आउँदो फागुनसम्म विशेष महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको जानकारी दिए । यससँगै अब नेसपाको नेतृत्व महाधिवेशनसम्म दुर्गा सोबको…
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका कक्षाकोठालाई तिहारअघि नै स्मार्ट कक्षाकोठामा परिणत गर्ने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले यस्तो घोषणा गरेका हुन् । उनले दुई वर्षदेखि रोकिएको यो महत्वाकांक्षी योजना सम्पन्न हुने चरणमा पुगेको र यसबाट ५३ हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित हुने बताए । ‘डिजिटल शिक्षा आजको आवश्यकता हो,’ उनले भनेका छन्, ‘विविध कारणले पछिल्ला २ वर्षदेखि रोकिएको स्मार्ट कक्षाकोठा निर्माणको कार्य अन्ततः सम्पन्न हुने चरणमा पुगेको छ।’ प्रमुख शाहका अनुसार हालसम्म पहिले रहेका १७७ र नयाँ जडान गरिएका ३१३ गरी कुल ४९० वटा स्मार्ट बोर्ड सञ्चालनमा आइसकेका छन्।…
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट भागेका एक कैदीबन्दी पर्साबाट पक्राउ परेका छन् । आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेपछि कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका मुक्तिनारायण कुर्मी कारागारबाट भागेकोमा इलाका प्रहरी कार्यालय पोखरिया, पर्साको टोलीले पक्राउ गरेको हो । भदौ २४ गते केन्द्रीय कारागार जगनाथदेवल, काठमाडौंबाट भागेका पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ का कुर्मीलाई उनको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कर्तब्व ज्यानको मुद्दामा कुर्मीमाथि जिल्ला अदालत पर्साले २५ वर्ष कैद सजायको फैसला गरेको थियो । पक्राउ परेका कुर्मीलाई केन्द्रिय कारागारमा पठाउने तयारी भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
एसपी अंगुर जिसीले सम्हाले बाँके प्रहरी प्रमुखकाे जिम्मेवारी: उच्च मनोबलका साथ काम गर्न निर्देशन
काठमाडौं । बाँकेका प्रहरी प्रमुखमा सरुवा भएका एसपी अंगुर जिसीले पदभार ग्रहण गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौँको निर्णयअनुसार उनी बाँके सरुवा भएका थिए । अपराध अनुसन्धानमा कार्यरत रहेका उनले आजदेखि जिल्ला प्रहरी कार्यालयमा पदभार ग्रहण गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहण समारोहअघि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीले उनलाई स्वागत गरेका थिए । सो क्रममा एसपी जिसीले मुलुकको विषम परिस्थितिमा प्रहरीमाथि आक्रमणसम्म हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै यस्ता चुनौतीपूर्ण घडीमा झन् उच्च मनोबलका साथ नागरिक सेवामा जुट्नुपर्नेमा जोड दिए । अपराध अनुसन्धानमा दक्ष अधिकृतको रूपमा परिचित एसपी जिसीले शून्य सहनशीलताको नीति अपनाएर…
जेएनजी आन्दोलनपश्चात् नेपाल प्रहरीले गम्भीर संकट सामना गुर्नपर्यो । प्रहरी चौकी आक्रमण, कार्यालय आगजनी, जवानमाथि ज्यानमारा प्रहार यी सबैले क्षणिक रूपमा प्रहरीको संरचना र साधन–स्रोतलाई कमजोर पारे । धेरैले यही अवसरमा ‘प्रहरीको मनोबल भाँचिन्छ’ भन्ने अनुमान गरे । तर वास्तविकताले यसको उल्टो चित्र देखायो, नेपाल प्रहरी झनै आत्मविश्वासी बनेर उभियो । जुत्ता नभएकाहरु चप्पलमा, पोसाक नभएकाहरु सादा पोसाकमा, स्थायी कार्यालय नभए पनि अस्थायी टेन्टभित्र बसेर सेवामा निरन्तर खटिएका प्रहरीहरुले ‘कर्तव्य नै पहिलो’ हो भन्ने सन्देश दिए । प्रहरी सेवामा निरन्तर जुटिरहेको जुन दृश्यहरु यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल समेत भएको छ । तल्लो दर्जादेखि वरिष्ठ अधिकारीसम्म एउटै पीडाबाट गुज्रनु नै प्रहरी…
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा जलेका भनिएका नोट र जलेको घरको घटना मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको छ। विभागको टोलीले मंगलबार दाहालको खुमलटारस्थित निवासमा पुगेर जलेका भनिएका नोट र घटनास्थलको विवरण संकलन गरी मुचुल्का तयार पारेको हो। भदौ २४ गते भएको तोडफोड र आगजनीमा सरकारी र सार्वजनिक संरचना, दलका पार्टी कार्यालय र नेताका निवासहरू समेत निशानामा परेका थिए। त्यसक्रममा दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र तत्कालीन मन्त्री दीपक खड्कासहितका घरमा आगजनी भएको थियो। आगजनीपछि घरमा राखिएको भनिएको रकम जलेको अवस्थामा देखिने भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए। त्यसपछि रकमको स्रोत र…
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाल अझै कार्यालय फर्किएका छैनन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सुरक्षा दिन नसकेको र सुरक्षाकर्मी परिचालन सही ढंगले गर्न नसकेको आरोप उनीमाथि छ। सिडिओ रिजालमाथि प्रदर्शनमा उत्रिएका गोली चलाउन आदेश दिएको आरोप खेपे। उनकै कारण जेनजी प्रदर्शनकारीको ज्यान गएको भन्दै केही प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुगेर तोडफोड पनि गरे। त्यतिबेला उनी कार्यालयबाट निस्किसकेका थिए। पहिलो दिन (भदौ २३) मा नै उनीमाथि सुरक्षा खतरा बढेको अनुमानपछि जिल्ला प्रशासन कार्यालयको वेबसाइटबाट उनको तस्बिर हटाइयो। अहिलेसम्म पनि उनको तस्बिर वेबसाइटमा राखिएको छैन, नाम मात्रै उल्लेख छ। गृह मन्त्रालय स्रोतका…
कुलमान घिसिङमाथि महेश बस्नेतको गम्भीर आरोप, आफ्नै भतिजाको कम्पनीबाट कमाउन सुरु भएको दाबी
काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले नवनियुक्त उर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङविरुद्ध गम्भीर आरोप लगाएका छन् । बस्नेतले मन्त्री घिसिङमाथि आफ्नै भजिताको ५० प्रतिशत शेयर भएको लामा कन्स्ट्रक्सनबाट कमाउने काम सुरु गरेको आरोप लगाएका हुन् । बस्नेतले लामा कन्स्ट्रक्सनले सूर्यविनायक–धुलिखेल सडक खण्डको आयोजना तत्कालिन प्रचण्ड सरकारसँग मिलोमतो गरी पैसा बाँडफाँड गरेर हात पारेको थियो भनेर पनि आरोप लगाएका छन् । अहिले मन्त्री घिसिङले त्यही सडक खण्डको निरीक्षण गर्ने बहानामा भेरियसन गरेर आफ्ना भजिताहरुलाई बजेट दिन चाहेको पूर्वमन्त्री समेत रहेका बस्नेतको आरोप छ । उनले फेसबुकमा लेखेका छन्- कुलमान घिसिङको कमाउने गजबको कायदा आफ्नै…
शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कसैसँग सम्झौता हुँदैनः प्रहरी उपरीक्षक कटवाल
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले शान्ति सुरक्षा, अमनचयन कायम गर्ने सन्दर्भमा कोहीकसैसँग सम्झौता नगरिने स्पष्ट गरेका छन् । मोरङ जिल्लामा सरुवा भएपछि आज यहाँस्थित सञ्चारकर्मीहरुसँगको भेटघाटमा प्रहरी उपरीक्षक कटवाले जल्लामा अमनचयन कायम गरी आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । समाजमा हुनसकने चारी, डकैति, तस्करीलगायत आपराधिक क्रियाकलाप पूर्णरुपमा नियन्त्रण गर्ने, कुनै कसिमको गैह्रकानुनी कामकारवाही हुन नदिने र कानुन हातमा लिई व्यक्ति तथा समाजलाई आतङ्कित बनाउन प्रयास गर्नेहरूलाई कानुनको कठघारामा उभ्याउने काममा समर्पित नेपाल प्रहरीलाई सहयोग गर्न जिल्लाबासीसँग अनुरोध गरे । प्रहरी उपरीक्षक कटवालले विगतका घटनाक्रमबाट पाठ सिकेर प्रहरी सङ्गठन अघि बढ्ने विश्वास…