काठमाडौं । एमपीएस (मास्टर्स अफ पुलिस साइन्स) को प्रवेश परीक्षामा १६ प्रहरी नायब उपरीक्षक (डीएसपी) उत्तीर्ण भएका छन् ।
प्रहरी प्रधान कार्यालयले आज प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दै १६ जनाको नाम प्रकाशन गरेको हाे।
२०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएका हाल डीएसपी बनेकाहरुले स्टाफ कलेजको प्रवेश परीक्षा दिएका थिए ।
जसमध्ये १६ जना मात्रै उत्तिर्ण भएका हुन् ।

उत्तिर्ण भएकाहरुले सन् २०२६ का लागि स्टाफ कलेज अध्ययन गर्नेछन् ।
नेपाल प्रहरीमा पहिलो पटक २०७० सालमा भर्ना भएका इन्स्पेक्टरबाट स्टाफ कलेज लागु गरिएको छ ।
यसअघि एमपीएस कोर्स तत्काल सुरु गर्न नहुने भन्दै २०७० ब्याचका प्रहरी डीएसपीहरू सर्वोच्च समेत पुगेका थिए।
तर ,स्टाफ कलेज नगर्नेहरू एसएसपीभन्दा माथिल्लो पदमा बढुवा नगर्ने नीति प्रहरी प्रधान कार्यालयले अघि सारेको छ ।
