Author: Scoop Khabar

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ५२ लाख रुपैयाँ ठगी गर्ने ५० वर्षीय लालबहादुर बराइलीलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-१५ स्थायी घर भई हाल लण्डन बस्ने बताइएका बराइलीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले काठमाडौँ महानगरपालिका-१२ बाट पक्राउ गरेको हो। सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ। बराइलीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई बेलायत लैजाने भन्दै लामो समयसम्म झुक्याएर अन्ततः सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

थप

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डम्बर बहादुर बिकले कार्यसम्पादन तथा मूल्याकंन ढाँचाले वस्तुनिष्ठ मूल्याकंनको आधार तयार गर्ने र संगठनलाई आगामी दिनमा कुनै पनि योजना बनाउन मद्दत पुग्ने बताएका छन् । कार्यसम्पादन तथा मूल्याकंन ढाँचा कार्यान्वयन सम्बन्धी अनुशिक्षण समापन कार्यक्रममा बोल्दै एआईजी बिकले यस प्रणालीमार्फत विभिन्न प्रहरी इकाइहरूको तुलनात्मक अध्ययन गर्ने अवसर मिल्नुका साथै आफुले गरेको कामको मूल्याकंन समेत आफैले विश्लेषण गरी सुधार गर्ने अवसर प्राप्त गरी समग्रमा कार्यसम्पादनको स्तर वृद्धि हुने उनले बताए । यस्तै नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) दिपक रेग्मीले…

थप

काठमाडौं । दानबहादुर कार्की नेपाल प्रहरीको नेतृत्वमा आएपछि संगठनको कार्यसम्पादन मूल्यांकन प्रणालीमा व्यापक सुधारको थालनी गरिएको छ। कार्यसम्पादनलाई वस्तुगत, पारदर्शी र नतिजामुखी बनाउने लक्ष्यसहित नेपाल प्रहरीले मासिक मूल्यांकन प्रणाली लागू गरेको हो, जसलाई पुरस्कार र बढुवासँग प्रत्यक्ष रूपमा जोडिएको छ। प्रहरीको नीति समन्वय समिति (पीसीसी) को अघिल्लो साता बसेको बैठकले कार्यसम्पादन मूल्यांकनसम्बन्धी नयाँ कार्यविधि पारित गरेको थियो। सोही निर्णयअनुसार पुस १ गतेदेखि नयाँ मूल्यांकन प्रणाली लागू भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नयाँ कार्यविधिअनुसार अब प्रदेश प्रहरी प्रमुख (डिआइजी), जिल्ला प्रहरी प्रमुख (एसएसपी, एसपी र डिएसपी) तथा तालिम केन्द्रका समादेशकहरूको मूल्यांकन हरेक महिना तोकिएका सूचकका आधारमा हुनेछ। यसअघि वार्षिक रूपमा…

थप

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका तीनै जना एआईजीको सरुवा गरेको हो । सशस्त्र प्रहरीमा एआईजी प्रमुख हुने मानवस्रोत, कार्य र सीमा सुरक्षा गरी तीन वटा विभाग रहेका छन् । जसअनुसार एआईजीको वरियतामा पहिलो नम्बरमा रहेका नारायणदत्त पौडेललाई कार्यबाट मानवस्रोत, दोस्रो वरीयताका बंशीराज दाहाललाई मानवस्रोतबाट सीमा सुरक्षा र तेस्रो वरीयताका गणेशबहादुर ठाडा मगरलाई सीमा सुरक्षाबाट कार्यविभागमा सरुवा गरिएको स्रोतले जनाएको छ । यसअघि उनिहरुको सरुवा २०८१ साल भदौ १३ गते बसेको केपी शर्मा ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

थप

वीरगन्ज।पर्सा प्रहरीले ठुलो परिमाणमा १७६किलो लागूऔषध गाँजा सहित मानिस र पिकप बरामद गरेको छ।प्रहरीले वीरगन्ज वडा नम्बर १७ अलौ टोलबाट १७६ किलो लागूऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला रामेछाप खडादेबी गाऊपालिका वडा नम्बर १ बस्ने बर्ष २८ को सुबराज श्रेष्ठलाई गाँजा सहित पक्राउ गरेको  पर्सा प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी श्रिसियाको प्रमुख एवम बरिस्ठ प्रहरी नायब निरीक्षक शयामबाबु यादवको कमान्ड खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १७ स्वास्थ चौकी स्थित अलौबाट कोनिया तर्फ जाँदै गरेको बा२१ च७८५५ नम्बरको पिकपकोलाई रोकी चेकजाँचगर्दा पछाडिपट्टि पलाष्टिकको बोरामा१२ पोका गरि १७६ किलो लागुऔषध गाँजा सहित श्रेष्ठलाई नियन्त्रणमा लिएको…

थप

काठमाडौं । पचास वर्ष पुरानो चर्चित हिन्दी फिल्म ‘शोले’ को नयाँ संस्करण ‘शोले: द फाइनल कट’ नेपालमा पुष १ गते रिलिज हुने भएको छ। 4K र डल्बी 5.1 साउन्ड प्रविधिमा पुनःनिर्माण गरिएको यो संस्करण पुरानोभन्दा करिब १० मिनेट लामो छ । जसको कुल अवधि २०९ मिनेट रहेको छ। नयाँ भर्सनमा सन् १९७५ मा सेन्सर बोर्डले हटाएको ठाकुरले गब्बर सिंहलाई मार्ने अन्त्य दृश्य पनि समावेश गरिएको छ। उक्त दृश्य त्यतिबेला अत्यधिक हिंसाको कारण हटाएर गब्बरलाई प्रहरीले पक्राउ गरेको दृश्य राखेर फिल्म रिलिज गरिएको थियो। निर्देशक रमेश सिप्पीको यो क्लासिक फिल्ममा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन र अमजद खानको अभिनय…

थप

काठमाडौं । देशभर सहुलियत दरमा आयोडिनयुक्त नुन आपूर्ति गर्ने जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेसन हाल व्यापक अनियमितता, कमजोर प्रबन्धन र राजनीतिक हस्तक्षेपको जटिल घेरामा परिरहेको छ ।दुर्गम जिल्लामा महिनौँसम्म नुन अभाव देखिँदा पनि कर्पोरेसनका गोदाम, फाइल र मन्त्रालयमा पठाइने विवरणमा पर्याप्त स्टक उल्लेख हुनु स्वयं संस्थाभित्रको तथ्य हेरफेर र बिचौलिया संजाल सक्रिय रहेको संकेतका रूपमा बुझिएको छ । वास्तविक वितरणभन्दा कागजी विवरण विपरीत देखिनु ढुवानी बिल बढाउनु र आपूर्ति घटाइनेजस्ता कार्यले सरकारी सहुलियतको नुन उपभोक्तामा होइन कमिसन चक्रमा अड्किएको तथ्य उजागर हुँदै गएको छ । ढुवानी तथा वितरण प्रक्रियामा प्रतिस्पर्धाहीन ठेक्का लागत बढाउनु, बिल र दुर्गममा कृत्रिम अभाव सिर्जना गरी…

थप

काठमाडौं । एक समय सबैभन्दा भरोसायोग्य निजी वाणिज्य बैंकको रूपमा चिनिएको नविल बैंक अहिले गम्भीर प्रश्नहरूको घेरामा परेको छ । यसको ऐतिहासिक छवि कमजोर बन्दै गएको संकेत केवल वित्तीय सूचकांकमा मात्र होइन नियमन उल्लङ्घन, विवादित निर्णय, कमजोर जोखिम व्यवस्थापन र घट्दो पारदर्शितामा पनि स्पष्ट देखिन थालेको छ । वित्तीय संस्थाको वास्तविक शक्ति जनविश्वासमा टिकेको हुन्छ । तर पछिल्लो समय नविल बैंकप्रति रहेको त्यो विश्वास क्रमशः खस्किँदै गएको अनुभूति बैंकिङ क्षेत्रभित्रैबाट व्यक्त हुन थालेको छ । पछिल्ला वर्षहरूमा बैंकको नाफा निरन्तर दबाबमा रहेको देखिन्छ । कागजी रूपमा मुनाफा देखिए पनि वास्तविक सञ्चालनस्तरमा आम्दानी संरचना कमजोर बन्दै गएको विश्लेषकहरूको भनाइ छ ।…

थप

काठमाडौं । माेरङ इलाका प्रहरी कार्यालय, लेटाङले पीडितमैत्री तथा पहुँचयोग्य सेवा विस्तार गर्ने उद्देश्यका साथ ठाडो उजुरी तथा निवेदनका लागि निःशुल्क फारम सेवा सुरु गरेको छ। इलाका प्रहरी कार्यालय, लेटाङ तथा मातहतका सम्पूर्ण युनिटहरूमा मिति २०८२।०९।०१ गतेदेखि उक्त सेवा औपचारिक रूपमा लागू गरिएको कार्यालयले एक सुचना मार्फत जानकारी दिएको छ। कार्यालयले आफ्नै पहलमा तयार पारेको सरल र स्पष्ट फारममार्फत उजुरी तथा निवेदन दर्ता प्रक्रिया सहज बनाइएको हो। यस सेवाबाट विशेष गरी आर्थिक अभाव, लेखपढी गर्न नसक्ने अवस्था वा प्रक्रियागत जटिलताका कारण उजुरी दिन असमर्थ रहेका वर्ग तथा समुदायहरू लाभान्वित हुने विश्वास लिइएको छ। इन्स्पेक्टर सागर शाहका अनुसार निःशुल्क फारम उपलब्ध…

थप

काठमाडौं । ग्लोबल आईएमई बैंक पछिल्ला केही समय यता विभिन्न विवाद, अनियमितताका संकेत, नियमनकारी सवाल तथा नेतृत्वगत असन्तुलनका कारण निरन्तर आलोचनाको केन्द्रमा परिरहेको छ । निजी क्षेत्रका ठूलाठूला मर्जरमार्फत द्रुत रूपमा विस्तार भएको यो बैंक अहिले संरचनागत चुनौती, उच्चस्तरीय निर्णय प्रक्रियाको पारदर्शिता र बैंकिङ मर्यादामाथि उठेका प्रश्नहरूको घेरामा रहेको स्पष्ट देखिन्छ । यसको बढ्दो आकार र प्रभावशाली पहुँचसँगै देखा परेका काण्डहरूको शृंखलाले वित्तीय बजारमा अविश्वास, अनिश्चितता र जोखिमबोध झनै तीव्र बनाइरहेको छ । अध्यक्ष चन्द ढकालको नेतृत्वमा बैंकको विस्तार आक्रामक रूपमा अघि बढे पनि सो आक्रामकता नियमन, जोखिम व्यवस्थापन र संस्थागत अनुशासनसँग सधैं समानुपातिक रूपमा सम्बद्ध भएको देखिँदैन । बैंकिङ…

थप