काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ५२ लाख रुपैयाँ ठगी गर्ने ५० वर्षीय लालबहादुर बराइलीलाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका-१५ स्थायी घर भई हाल लण्डन बस्ने बताइएका बराइलीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले काठमाडौँ महानगरपालिका-१२ बाट पक्राउ गरेको हो।
सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
बराइलीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई बेलायत लैजाने भन्दै लामो समयसम्म झुक्याएर अन्ततः सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
Facebook Comments Box
