Author: Scoop Khabar

काठमाडौं । सरकारले नेपाल प्रहरीको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यही पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को अनुसूची संशोधन भएको जानकारी दिए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलका अनुसार बैठकले महालेखापरीक्षकको कार्यालय र त्यसअन्तर्गतका निकायहरूको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । सरकारले ऐक्यबद्धताका रूपमा ‘आप्रवासनका लागि अन्तरराष्ट्रिय सङ्गठन(आइओएम) उत्थानशील कोष’ मा एकपटकका लागि १० हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत…

थप

काठमाडौं । सरकारले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिसकेको छ। आजबाट मात्र ५६ दिन बाँकी रहेकाले, निर्वाचन तयारी हर–तरफा जुट्नुपर्ने बेला छ। सोही अनुरूप प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्न आह्वान गरेको छ। यो संख्या अघिल्लो २०७९ सालको प्रतिनिधिसभा चुनावमा लिइएको ९८ हजार २ सय ६८ भन्दा करिब ३५ हजार बढी हो। सुरक्षा त्रास- प्रहरीका हतियारहरू लुटिएपछि भयको वातावरण सबैभन्दा ठूलो कारण हो सुरक्षा थ्रेट, जसले अहिलेको चुनावलाई पहिलेभन्दा धेरै जोखिमयुक्त बनाएको छ। गत २३, २४ भदौमा जेएनजी आन्दोलनका दौरान थुप्रै प्रहरीका हतियार लुटिए। यसरीनै अप्रिय घटना सरकार…

थप

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार १० जना प्रहरी उपरीक्षक (एसपी)लाई बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेसँगै संगठनभित्र नयाँ तरंग सिर्जना भएको छ। यो बढुवा केवल पदोन्नति सूचीमा सीमित रहेन- यसले प्रहरी संरचनाको तल्लो तहसम्म चेन–इफेक्ट पैदा गरेको छ। एसएसपी बढुवा सिफारिसपछि अब ११ वटा एसपी पद रिक्त हुने निश्चित भएको छ। यी पदहरू पूर्ति गर्न २१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)बीच कडा प्रतिस्पर्धा सुरु भइसकेको छ। प्रहरीभित्र यो बढुवालाई करिअरकै दिशा बदल्ने निर्णायक चरण का रूपमा हेरिएको छ। प्रहरी मानव स्रोत विभागका अनुसार बरियताक्रम, कार्यक्षमता, फिल्ड कमाण्ड अनुभव, नेतृत्व क्षमता, व्यावसायिक छवि र कार्यसम्पादन मूल्याङ्कन मुख्य आधार बनाइने…

थप

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार मध्यराति १० जना प्रहरी उपरीक्षक (एसपी) लाई बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेको छ। सिफारिस सूचीको पहिलोदेखि चौथो नम्बरसम्म सिनियारिटी कायम रहँदा संगठनभित्र बढुवा प्रक्रिया पारदर्शी हुने संकेत देखिए पनि, पाँचौँ नम्बरबाटै सूची विवादको भुमरीमा फस्यो। बरियताअनुसार रामप्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल र सुरेशप्रसाद काफ्ले क्रमशः एसएसपीमा बढुवा सिफारिस भए। तर, पाँचौँ नम्बरमा रहेका अमरेन्द्रबहादुर सिंह सिफारिस सूचीबाटै हटाइए। सिनियारिटीमा अघि भएपनि सिंहले एसपी भएपछि लामो समय युएन मिसनमा सेवा गरे, तर हालसम्म जिल्ला कमाण्ड गर्ने अवसरसमेत पाएका छैनन्। युएन मिसन अनुभव, संगठनप्रति योगदान र व्यावसायिक प्रोफाइल बलियो हुँदाहुँदै पनि, उनी एसएसपी…

थप

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना प्रक्रिया खुलाएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो। भर्ना हुन इच्छुक नागरिकले पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त फारम बुझाउन सक्नेछन्। प्रहरी प्रधान कार्यालयअन्तर्गतको मानव स्रोत विकास विभागका अनुसार सार्वजनिक बिदाका दिनसमेत आवेदन दर्ता गर्न पाइने व्यवस्था मिलाइएको छ। दरखास्त फारम काठमाडौं उपत्यकाका तीन जिल्ला प्रहरी परिसर तथा देशभरका जिल्ला प्रहरी कार्यालयबाट प्राप्त गर्न र बुझाउन सकिनेछ। साधारण लेखपढ गर्न जान्ने, १८ वर्ष पूरा भएका र ५४ वर्ष…

थप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरूले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारेका छन् । बुधबार बुद्धिजीविहरूसँगको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले केही नेताहरूले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरूलाई सभापति बन्ने चाहना नरहेको बताए । उनले सभापति बन्ने चाहना राख्ने डा. शेखर कोइराला वा अन्य कोही पनि नेताहरू सभापति बन्नसक्ने बताए । उनले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरूरी रहेको बताए । महामन्त्री थापाले पार्टीलाई ठिक ठाउँमा उभ्याउने आफूहरूको एकमात्र चाहना रहेको जिकिर गरे । महामन्त्री थापाले नेपालको ठूलो पार्टीलाई बनाउ भन्ने मात्रै आफूहरूको चाहना…

थप

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत १० जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार नेपाल प्रहरीमा रिक्त रहेको एसएसपी पद संख्या १० (दश) का लागि बढुवा सिफारिस गरिएको हो। बढुवा समिति बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम सिफारिस सूची प्रकाशित गरिएको गृह मन्त्रालयले जनाएको छ। सिफारिस सूची अनुसार बढुवाका लागि सिफारिस हुने प्रहरी उपरीक्षकहरूमा रामप्रसाद थापा, भुवनेश्वर तिवारी, कृष्‍ण राम केडेल, सुरेशप्रसाद काफ्ले, श्याम सिंह चौधरी, नुरुल पोडेँल, विलिप घिमिरे, पदमबहादुर बिष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र…

थप

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी पुस २८ गते हुने निर्वाचनका लागि अध्यक्ष पदमा दिपकराज भुसालले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने लक्ष्यसहित भुसालले २६ बुँदे ठोस एजेन्डा सार्वजनिक गर्दै नयाँ नेतृत्वको दाबी प्रस्तुत गरेका हुन् । उम्मेदवारी घोषणासँगै भुसालले आफ्नो टिमलाई सक्षम, सबल र इमान्दार समूहका रूपमा चित्रण गर्दै सदस्यहरूको साझा भविष्य निर्माणका लागि एकताबद्ध अभियान अघि बढाउने प्रतिबद्धता जनाए । ‘इक्यानलाई सेवामुखी, व्यावसायिक रूपमा प्रतिष्ठित र अन्तर्राष्ट्रिय स्तरमा गरिमामय प्लेटफर्मका रूपमा स्थापित गर्नु हाम्रो मुख्य लक्ष्य हो,’ उनले भने । उनका अनुसार सदस्य सेवा, व्यावसायिक…

थप

गुल्मी । आम निर्वाचन नजिकिँदै गर्दा गुल्मी जिल्ला राष्ट्रिय राजनीतिमा आकर्षणको केन्द्र बन्दै गएको छ। परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा एमालेको बलियो पकड मानिने गुल्मीमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दुई पूर्व डीएसपीको नाम चर्चामा छ। गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका पुराना नेता चन्द्र भण्डारी र एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीको सम्भावित प्रतिस्पर्धाका बीच रास्वपाबाट पूर्वडीएसपी हाल अधिवक्ता तथा रास्वपा गुल्मी जिल्ला सभापति भोजराज पाण्डेय उम्मेदवारका रूपमा अगाडि बढेका छन्। त्यसैगरी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष गोकर्ण विष्टको चुनौतीका रूपमा पूर्वडीएसपी हाल अधिवक्ता गोविन्द पन्थीको नाम चर्चामा छ। भिजिट भिसा प्रकरणमा निर्भीक…

थप

काठमाडौं । प्रहरी वर्दीको चरम दुरुपयोग गर्दै नेपाल प्रहरीका एक हवल्दारले दाङमा आतंक मच्चाएका छन् । दाङको गढवास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार मालिकराम यादवले वर्दीको आडमा स्थानीयहरुलाई आतंकित पार्ने काम गरिरहेका हुन् । उनी विगत तीन वर्षदेखि त्यहाँ कार्यरत रहेका छन् । नाम मालिक भएजस्तै उनी मालिक झै गरी त्यहाँ हैकम मच्चाइरहेका हुन् । सामान्य उजुरीदेखि नदीजन्य निकासीसम्म, लाइन मिलाउने ठेक्का उनै मालिकरामले मात्रै गर्दै आइरहेका छन् । मुद्धा चल्ने घटनाहरुमा समेत गुपचुपमा मुद्धालाई ढिसमिस बानाउने काम उनले गरेको स्थानीयहरुले आरोप लगाएका छन् । उनै मालिकरामको कारण जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रमुख आए पनि उनी अड्चन झेल्न बाध्य…

थप