वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक टेमानीप्रति मतदाताको असुन्तुष्टि बढ्दै गएको देखिएको छ।
जनता समाजवादी पार्टीले मधेस अन्दोलन गरेका नेता तथा कार्यकर्तालाई उम्मेदवार नबनाई व्यापारी पुष्टभूमीबाट आएका टेमानीलाई उम्मेदवार बनाएपछि पर्सा क्षेत्र नम्बर २ का मतदाताले मत नदिने आवाज उठाउन थालेका छन्।
जनता समाजवादी पार्टीले पार्टीको लागि योगदान दिने लाई टिकट नदिएको र पैसाको बलमा व्यापारीलाई टिकट दिई उम्मेदवार बनाएकोले स्थानीयमा ठुलो आलोचना भईरहेको देखिएको छ।
पर्सा–२ का एक मतदाताले भने, “चुनावमा भोट माग्न आउँदा मात्रै देखिने नेताबाट हामी दिक्क भइसकेका छौं।”पर्सा -२ का मतदाताले भनुसुन र पैसाको आधारमा टेमानीलाई टिकट दिएकोले मत नदिने बताउछन्।
स्थानीय गोपाल यादवले जसपाले मधेस अन्दोलनमा योगदान दिने नेता तथा कार्यकर्तालाई उम्मेदवार नबनाई पैसावाला व्यापारीलाई चुनावी मैदानमा उत्राएपछि जनताको भावना र अपेक्षामा ठोस पुर्याएकोले पर्सा-२का मतदाताहरु रुष्ट रहेका छन्।
यादवले पैसाले टिकट पाएको व्यक्तिबाट सजग रहनुपर्ने सुझाव दिए ।पैसाले टिकट खरिद गरेको व्यक्तिले राजनीतिकलाई नै व्यापार बनाउछन्।
बहुदरमाई नगरपालिकाका मुकेश साहले जसपाले उम्मेदवार बनाएको टेमानीले समाजको लागि र यश क्षेत्रको लागि नयाँ अनुहारको रुपमा रहेको बताउँछन् ।व्यापारी पुष्टिभुमी भएका टेमानीको
को करिब आधा दर्जनभन्दा बढि कलकारखाना , उधोगहरु छन्।त्यो उधोगमा नेपाली कामदारलाई रोजगारी पाउदैनन् ।त्यसमा भारतीय नागरिकहरु मात्र काम गर्छन्।टेमानीले रोजगारी देनी भारतीयलाई भोट लिने पर्साबासी सँग भन्दै व्यापारीलाई मत नदिने आग्रह गरे।
कतिपय स्थानीय बासिन्दाले समाजमा उनको लगानि नरहेको र भोट बेला एक्कासि देखा पर्ने व्यापारीलाई भोट नदिने गुनासो व्यक्त गरेका छन्।
