Author: Scoop Khabar

काठमाडौं । यहीँ मिति २०८२ साल कार्तिक १२ गतेका दिन लामो खिचातानीका बाबजुत मुख्य मन्त्री कार्यालयले १२ जना डिभिजनल वन अधिकृतहरुको सरुवा गरेको छ। वन तथा वातावरण मन्त्रालयका वन सचिव डा. केदार वरालको टिप्पणी र आदेश सिफारिमा मुख्य मन्त्री कार्यालयले सो सरुवा गरेको हो । सरुवा भरखर भएको जेनजी आन्दोलनको भावना र चाहना विपरीत पार्टीका क्याडर वेसमा भएको मानिएको छ । मर्कामा परेका सोही मन्त्रालयका कर्मचारीहरुले नाम नवताउने सर्तमा उक्त कुरा बताए । यस सरुवा व्यापक भनसुन र आर्थिक लेनदेन भएको स्रोतकाे दावी छ । सरुवा के मापदण्डका आधारमा भएको हो भनी बुझ्दा वन सचिव डा. केदार वरालले भन्नु भयो,…

थप

नेपालको वर्तमान राजनीति अन्योलपूर्ण अवस्थामा रहँदा नागरिकको सुरक्षा तथा भौतिक संरक्षाको जिम्मेवारी बोकेको आन्तरिक सुरक्षा निकाय- नेपाल प्रहरीले कात्तिक २७ गतेदेखि नयाँ ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) पाउनेछ। हालका आईजीपी चन्द्रकुबेर खापुङको २७ कात्तिकमा अनिवार्य अवकाश हुने भएकाले नयाँ आईजीपी नियुक्त गर्न सरकारले तयारी थालेको छ। आईजीको दौडमा चार जना प्रहरी अतिरक्त महानिरीक्षक (एआईजी)हरुबीच प्रतिस्पर्धा तीव्र देखिएको छ । जसमा देखिएका छन्, एक नम्बरमा दानबहादुर कार्की, दुई नम्बरमा राजन अधिकारी, तीन नम्बरमा डा. मनोज केसी र चार नम्बरमा सिद्धीविक्रम साह । पहिला तीन जना (कार्की, अधिकारी र केसी) २०५६ सालमा प्रहरी निरीक्षकका रूपमा नियुक्त भएका अधिकारी हुन् भने चौथो नम्बरका शाह…

थप

काठमाडौं । भदौ २३ गते देशभर जेन–जी पुस्ताको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीमा १९ जनाको मृत्यु भएपछि देशभर विरोध चर्किएको थियो। त्यही बेला प्रहरी संगठनका ८ एआईजीमध्ये दुईजना कार्यक्षेत्रमै अनुपस्थित भएका थिए। अपराध अनुसन्धान विभागका एआईजी राजन अधिकारी एकाएक बिरामी परेका थिए भने प्रदेश समन्वय विभागका एआईजी डा. मनोज केसी प्रहरी प्रधान कार्यालयकै निर्देशनमा ब्याटन छनोट अनुगमनका लागि काठमाडौं बाहिर खटिएका थिए। त्यो संकटपूर्ण समयमा एआईजी दानबहादुर कार्की र सिद्धिविक्रम शाहले मात्रै कमान्ड सम्हालेका थिए। सेना र सशस्त्र प्रहरी फिल्डमा नउत्रिँदा प्रहरी एक्लै दबाबमा परेको थियो। रोचक कुरा— भदौ २३ को आन्दोलनताका नेतृत्व भूमिकामा अनुपस्थित रहेका अधिकारी र केसी अहिले…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगलाई असहयोग गरेको भन्दै स्पष्टीकरण सोधिएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आईजीपी खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगका प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माले आयोगको काममा बाधा पुर्‍याउने प्रयास किन भयो भनेर बुधबार स्पष्टिकरण माग गरेको बताए । उनले भने, ‘हामीले मागेको विवरण प्रहरीले ढिलो पठायो, सबै तथ्यांक पनि पठाएन। त्यसपछि स्पष्टिकरण माग गरेका छौं ।’ आयोगले प्रहरीलाई यी विवरण माग गर्दै सुरुमै पत्राचार गरेको थियो। तर झण्डै एक महिना लगाएर प्रहरीले जवाफ दिए पनि माग गरेका विवरण उपलब्ध नगराएको आयोगको गुनासो छ। प्रहरीले जेनजी आन्दोलनका…

थप

सञ्जय मिश्र रौतहट । रौतहटको कटहरिया नगरपालिका अहिले आर्थिक स्वार्थ, सत्ता–संघर्ष र प्रशासनिक अराजकताको दलदलमा फसेको छ। नगर प्रमुख अजय प्रकाश जैसवालको ‘तलब खेल’ले नगरलाई अस्तव्यस्त मात्र बनाएको छैन, कर्मचारी र जनतासमेत मारमा परेका छन्। नगरपालिकामा कार्यरत करिब ७० जना दैनिक ज्यालादारी र करार कर्मचारीहरूको वर्षौंको तलब रोकिएको छ। तर, मेयर जैसवालले १७० जनाको नाममा तलब निकासा गर्न दबाब दिँदै प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) गणेश नेपालीमाथि अनुचित प्रभाव पार्ने प्रयास गरेपछि विवाद चर्किएको हो। उपसचिव नेपालीकाअनुसार, ‘७० जनासँग मात्र कागजात छन्, बाँकी १०० जनाको नियुक्तिपत्रसम्म छैन। यस्तो अवस्थामा सबैको तलब निकासा गर्नु कानुन विपरीत हुन्छ।’ नेपालीले यो विषयमा सामान्य प्रशासन…

थप

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई ताकिएको छ । पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो । विसं २०५९ मा सेवा प्रवेश गरेका पौडेलले बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेका नेपाल राष्ट्र बैंकले जनाएको छ ।

थप

काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जाँचबुझ आयोग समक्ष करिब ७ घण्टा १५ मिनेट बयान दिएका छन् । बयान सकेर उनलाई कारागार फर्काइएको छ । बुधबार मध्यान्ह १ बजे उनलाई नख्खु कारागारबाट सिंहदरबार स्थित उच्चस्तरीय जाँचबुझ आयोगमा उपस्थित गराइएको थियो । जेनजी प्रदर्शनमा भएको प्रहरी दमन र देशभरको उच्छृङ्खल गतविधिबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले छानबिन गरिरहेको छ । आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र अधिवक्ता विन्देश्वरी भण्डारी सदस्य छन् । भदौ २४ मा लामिछाने नख्खु कारागारबाट निस्केका थिए । त्यसपछि देशभर कारागारको गेट तोडेर कैदीबन्दी निस्कने र कारागार भित्र आगजनी…

थप

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकमा नेपाल प्रहरीका ३३ औं प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा छलफल हुने बताइएको छ । एक सातापछि हालका आईजीपी चन्द्रकुबेर खापुङले अवकाश पाउने भएकाले नयाँ आईजीपी नियुक्ति गर्न लागिएको हो । ‘कुनै विवाद भएन भने आज नै आईजीपी नियुक्तिको निर्णय हुनसक्छ,’ स्रोत भन्छ, ‘नत्र सोमबारको मन्त्रिपरिषद्बाट प्रहरीको नयाँ नेतृत्व तय हुनेछ ।’ ३३औं आईजीपीको दाबेदारमध्ये दानबहादुर कार्की पहिलो नम्बरमा छन् । प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल प्रहरीमा वरियता मिच्ने पक्षमा छैनन्। यहि कारण पनि कार्कीलाई आईजीपी बन्न सहज देखिन्छ । यस्तै राजन अधिकारी, मनोज केसी र सिद्धीविक्रम साह पनि आईजीपीको दाबेदार हुन्…

थप

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेलाई दिइएको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका डीआईजी काफ्लेलाई केन्द्रीय प्रवक्ता तोकिएको हो। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले मंगलबार जनाएको छ । डीआईजी काफ्लेलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

थप

काठमाडौं । जेनजी आन्दोलनमा भक्तपुरको जगाती प्रहरी चौकी आगजनी गर्ने ८ जनाले आत्मसमर्पण गरेका छन् । काभ्रे भुम्लु ३ घर भई अहिले भक्तपुर हनुमानघाट बस्ने ३४ वर्षका रामशरण परियार, काभ्रे बनेपा ४ घर भई हनुमानघाट नै बस्ने ३२ वर्षका रुपक परियार, सर्लाही लाबन्दी ६ घर भई अहिले भक्तपुर दार्जिलिङ हाइट बस्ने २६ वर्षका होमबहादुर खत्रीले आत्मसमर्पण गरेका हुन् । यस्तै, काभ्रे नमोबुद्द १ घर भई हाल बम्हायणी बस्ने २२ का अमृत सुनुवार र महोत्तरी सोनाम ८ घर भई हाल बम्हायणी बस्ने १८ वर्षका प्रालद कुमार ठाकुरले पनि आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । त्यसैगरी, भक्तपुर भक्तपुर नगरपालिका ८ घर का…

थप