काठमाडौं । नेपाली सिने गजतका हस्ती कलाकार सुनिल थापाको निधन भएको छ ।
६८ वर्षीय थापाको आज बिहान उपचारका क्रममा उनको निधन भएको हो । बिहान स्वास्थ्यमा समस्या आएपछि थापालाई थापाथलीस्थित नर्भीक अस्पताल लगिएको थियो ।
अस्पताल स्रोतका अनुसार बिहान ७ बजेर ४४ मिनेटमा ईसीजी गर्दा मृत्यु भएको पुष्टि भएको थियो ।
उनका आफन्त अस्पतालमा आइनपुगेकाले अस्पतालले औपचारिक घोषणा गरेको छैन । स्रोतका अनुसार आफन्त आएपछि मात्रै घोषणा गर्ने तयारी अस्पतालले गरेको छ ।
Facebook Comments Box
