वीरगंञ्ज, २४ माघ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौमा विभिन्न पार्टी परित्याग गरि सयौ नेता तथा कार्याकर्ता नेकपा एमालेमा प्रबेश गरेका हुन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौमा शनिबार आयोजित नेकपा एमालेको कार्यक्रममा विभिन्न राजनितीक दल परित्याग गरि पर्सा क्षेत्र नम्बर २का नेकपा एमालेका जेन्जी पुस्ताका उम्मेदवार रिना यादवको समर्थनमा पाँच भन्दा बढीको सङ्ख्यामा प्रबेस गरेका छन्।
पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार यादवले शिक्षा, स्वास्थ,बिकास र किसानको समस्याको साथै महिला महिलाको हक अधिकारलाई सुनिश्चित गराउने पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
पार्टी प्रबेस कार्यक्रमलाई सम्बोधन गर्दा यादवले नेकपा एमाले निर्वाचन पर्साको समग्र विकास र परिवर्तनका लागि आफू सक्रिय राजनीतिकमा आएको बताएका छिन्। नेकपा एमालेले यश क्षेत्रमा जनताको चाहना अनुसार विकास गर्न कुनै कसर बाँकी नराख्ने बताएकि छिन।उक्त कार्याक्रममा बोल्दै यादवले लामो समय देखि जितेर गएका पार्टीका नेताहरुले जनतालाई आश्वासन मात्र दिएको र यस क्षेत्रमा कुनै पनि विकास नगरेर जनतालाई धोका दिएकोले यस क्षेत्रमा जनताको सब भन्दा बढी समस्या भनेको किसानहरुको समस्या रहेको र आफु जितेर गएपछि सब भन्दा पहिले किसानको समस्या समाधान गरेर साथै जनताको विश्वास जित्ने गरी काम गरेर देखाउने बताउनुभयो।
नवप्रबेसीलाई प्रमुख अथिती समेता रहेका नेकपा एमालेमाका केन्द्रीय सदस्य एवम पुर्व मेयर बिजय सरावगीले टीका माला लगाई प्रबेश गरेका थिए।
नेकपा एमाले वडा नम्बर १७ अलौ कमिटीका अध्यक्ष शेख नेसारको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिती पुर्ब मेयर बिजय सरावगी,बिशिस्ट अथिती मधेस प्रदेसका उपाध्यक्ष र विरगन्ज महानगरपालिकाका ईन्चार्ज एवम समानुपातिक उम्मेदवार बिचारी यादव, नेता उसमान अनसारी ,क्षेत्रिय अध्यक्ष मनोज, युवा नेता मुकेश दुवेदि, वीरगंज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली , वीरगन्ज महानगरपालिका वडा नम्वर १७ का वडा अध्यक्ष सन्जु छ्त्कुली लगायतकाले व्यक्तताहरुले बिजय शिक्षा, स्वास्थ, बिकास, किसान र महिला हक अधिकार सुनिश्चित गराउनको लागि मतदान गरि भारि मतले जिताउन आग्रह गरेका थिए।कार्यक्रममा युवा नेता अजय साह,नव प्रवेशी कृष्णदेव यादव, नेता गँगाधर महतो, पिन्टु उपाध्याय,प्रधुमन यादव , बिरेन्द्र यादव, जितेन्द्र यादवलगायतको उपस्थिती रहेको थियो।
उक्त कार्यक्रम पछी उम्मेदवार यादवले अलौमा घरदैलो कार्यक्रमलाई तिब्रता दिदै मतदाताहरुको घरघरमा पुगेकि थिन ।उत्साहका साथ अलौको मतदाताले जेन्जी पुस्ताको उम्मेदवार यादवलाई जितको आर्शिबाद दिएका छन्।
