काठमाडौं । रास्वपाबाट भक्तपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका राजीव खत्रीले बरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले चढेको गाडीको बिषयमा जवाफ दिनुपर्ने बताएका छन् ।
बालेनले कर छलीमा मुछिएका गुट्खा व्यापारी कमल किशोर मालपानीको ८ करोड भन्दा बढी पर्ने ल्याण्डरोभर गाडी चढेर झापामा चुनावी प्रचारमा हिँडेपछि बालेनमाथि सबैतिरबाट प्रश्न उठाइएको थियो ।
खत्रीले एक युटूब च्यानलसँगको अन्तर्वार्ताका क्रममा चुनावमा व्यापारीले दिएको सहयोग लिन पाइने भए पनि उनीहरुको स्वार्थ अनुसार काम गर्न नहुने उल्लेख गरेका छन् ।
उनले ८ करोडको गाडी चढेको बिषयमा बालेनलाई भेट्न नपाएको हुँदा आफुले प्रश्न सोध्न नसकेको भएपनि बालेन आफैले जवाफ दिनुपर्ने बताए ।
स्मरणीय के छ भने मालपानीले बालेनलाई चुनावमा सहयोग गरेको उक्त गाडी १०१ प्रतिशत भन्सार छली गरेर हङकङबाट भित्राइएको हो । जुन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।
