Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । सुदन गुरुङले गृहमन्त्री ओम प्रकाश अर्यालमाथि विभिन्न आरोप लगाएपछि गृहमन्त्रीले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । फेसबुकमा स्ट्याटस लेख्दै गृहमन्त्री अर्यालले गृह मन्त्रालयको संवेदनशीलता उल्लेख गर्दै भनेका छन्- ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ।’ उनले आफ्नो पदमा रहँदा शुद्ध मनले काम गरिरहेको बताउँदै थप लेखेका छन्- ‘आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प छैन । कार्यकालको अन्त्यमा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ।’ गृहमन्त्री अर्यालले सुशासन र निर्वाचन मार्फत देशलाई निकास दिने सरकारको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका…
प्रधानन्यायाधीश हुँदा गरेको न्यायिक निर्णयकै निरन्तरता प्रधानमन्त्रीको रूपमा पनि दोहोर्याउने सम्भावना
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्तिमा फेरि पनि आफ्नै न्यायिक मान्यता दोहोर्याउने निश्चितजस्तै देखिन्छ। प्रधानन्यायाधीश रहँदा उनले वरिष्ठतालाई बेवास्ता गरेर सरकारले तेस्रो नम्बरका जयबहादुर चन्दलाई आइजीपी नियुक्त गरेको निर्णय बदर गर्दै, पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई नियुक्त गर्न आदेश दिएकी थिइन्। त्यो फैसला त्यसबेला नैतिक दृष्टिले ऐतिहासिक मानिएको थियो। अहिले प्रधानमन्त्रीको रूपमा कार्यरत कार्कीले फेरि त्यही मान्यता मिच्ने सम्भावना कम देखिन्छ। एआइजी कार्की अहिले प्रहरी महानिरीक्षकमा वरिष्ठताको आधारमा पहिलो नम्बरमा छन्। ‘प्रधानमन्त्री कार्कीले अरू कसैलाई बनाउने जोखिम लिने सम्भावना कम छ,’ प्रधानमन्त्री कार्यालय उच्च स्रोतले स्कूपखबरसँग भने, “उहाँले न्यायालयमा आफ्नै हस्ताक्षरले दिएको आदेशविपरीत जानु असम्भवजस्तै छ।’ यसबीच,…
काठमाडौं । प्रहरी संगठनलाई अनुशासित र जनमुखी बनाउन निरन्तर प्रयास भइरहेका बेला केही उच्च प्रहरी अधिकृतको व्यवहार भने संगठनकै छविमा प्रश्न खडा गर्ने खालको देखिएको छ । यसैको एक उदाहरण हुन हाल नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी । उनै अधिकारीमाथि जागिरको सुरुवातदेखि हालसम्म विभिन्न विवाद र आरोपहरू उठ्दै आएका छन् । मोरङ जिल्लाको बवियाबिर्ता स्थायी वासस्थान भए पनि आफूलाई ओखलढुंगावासी भएको दावी गर्दै आएका अधिकारीले ओखलढुंगा घर भएका नेकपा (एमाले) का नेता ईश्वर पोखरेलसँग डिएसपीदेखि राम्रो सम्बन्ध बनाएकाले उनै पोखरेलको कृपाले बढुवा र आकर्षक ठाउँमा पोस्टिङ पाउँदै आएको चर्चा प्रहरी वृत्तमा हुने…
काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले विकास निर्माण, सुशासन र भ्रष्टाचाररहित समाज निर्माण गर्ने जेनजीको चाहनालाई प्रहरीले पूरा गर्ने बताएका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएको प्रहरी प्रभाग नयाँ बसपार्कको भवन पुनर्निर्माण तथा हस्तान्तरण कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको अपेक्षा आम नागरिकको अपेक्षा भएकाले यसलाई पूरा गर्न प्रहरीले प्रयास गर्ने बताएका हुन् । प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले गोँगबु र नयाँबसपार्क क्षेत्र सुरक्षाको दृष्टिकोणले एकदमै संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रको सुरक्षाका लागि प्रहरीसँगै नागरिकको पनि भूमिका अपरिहार्य रहेको उल्लेख गरे । ‘गोँगबु क्षेत्रमा दैनिक आठदेखि १० हजार मानिसहरु आवतजावत गर्ने गरेका छन्, प्रत्येक नागरिकको…
काठमाडौं । झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २० गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक नगरपालिका- ५ का ३१ बर्षीय राजु श्रेष्ठलाई ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. ४ प ७४२ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा- १० का २८ बर्षीय शुसान्त पोखरेल र पछाडि सवार सुन्दरहरैचा- ९ का ३८ बर्षीय चेवन धिमाललाई ११ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर- १६ बाट पक्राउ गरेको छ । त्यस्तै…
काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्वत साविक बेउलीबास गाविस-३ ठेगाना भएका रेशम बहादुर राना पक्राउ परेका छन् । एनसिबि अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ । रेशम बहादुर राना समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भई वारदात पश्चात फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ जेठ १९ गते उनी विरूद्ध…
काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामा ९१ दिनदेखि कार्यालयमा अनुपस्थित रहेकी कारण गृह मन्त्रालयले सेवाबाट हटाउने चेतावनीसहित सार्वजनिक सूचना जारी गरेको छ। मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ कि निरीक्षक लामाले सात दिनभित्र कार्यालयमा हाजिर भई गैरहाजिरीको कारणसहित सन्तोषजनक स्पष्टीकरण दिनुपर्नेछ। गृहका अनुसार लामा गत असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन्। उनले सुरुमा १० दिनको बिदा लिएकी थिइन् र पछि १० दिन थप बिदा स्वीकृत गराएकी थिइन्। बिदा सकिएपछि साउन १६ गतेदेखि हालसम्म उनी कार्यालयमा हाजिर भएकी छैनन्। अनुपस्थित रहेकी लामाको काभ्रेको बेथानचोक गाउँपालिका–५ स्थित घरमा समेत सूचना टाँस गरिएको थियो। त्यसपछि पनि…
काठमाडौं । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका घटनाको छानबिनमा जुटेको उच्चस्तरीय जाँचबुझ आयोग र नेपाल प्रहरीबीच तनाब तीव्र बनेको छ। आयोगले मागेको विवरण नबुझाएको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङलाई २४ घण्टे स्पष्टीकरण मागपत्र पठाएपछि विवाद नयाँ चरणमा पुगेको हो। आयोगले जाँचबुझमा असहयोग गरेको भन्दै खापुङमाथि कारबाहीसम्मको चेतावनी दिएको छ। आयोगले आन्दोलनका दिन खटिएका प्रहरी अधिकारी र जवानहरूको नाम, जिम्मेवारी र आदेश दिने तहगत विवरण मागेको थियो। तर, प्रहरी प्रधान कार्यालयले ‘आईजीपीदेखि जवानसम्म खटिएका थिए’ भन्ने सामान्य जवाफ मात्र पठाएपछि आयोग असन्तुष्ट बनेको हो। स्पष्टीकरण मागेपछि प्रहरीले केही आंशिक विवरण पठाए पनि आयोगले खोजेको पूर्ण जानकारी अझै पाएको…
वन तथा वातावरण मन्त्रालय वागमती प्रदेशमा मापदणड विपरीत सरुवा, एमाले समर्थितहरुको हालीमुहाली
काठमाडौं । यहीँ मिति २०८२ साल कार्तिक १२ गतेका दिन लामो खिचातानीका बाबजुत मुख्य मन्त्री कार्यालयले १२ जना डिभिजनल वन अधिकृतहरुको सरुवा गरेको छ। वन तथा वातावरण मन्त्रालयका वन सचिव डा. केदार वरालको टिप्पणी र आदेश सिफारिमा मुख्य मन्त्री कार्यालयले सो सरुवा गरेको हो । सरुवा भरखर भएको जेनजी आन्दोलनको भावना र चाहना विपरीत पार्टीका क्याडर वेसमा भएको मानिएको छ । मर्कामा परेका सोही मन्त्रालयका कर्मचारीहरुले नाम नवताउने सर्तमा उक्त कुरा बताए । यस सरुवा व्यापक भनसुन र आर्थिक लेनदेन भएको स्रोतकाे दावी छ । सरुवा के मापदण्डका आधारमा भएको हो भनी बुझ्दा वन सचिव डा. केदार वरालले भन्नु भयो,…
नेपालको वर्तमान राजनीति अन्योलपूर्ण अवस्थामा रहँदा नागरिकको सुरक्षा तथा भौतिक संरक्षाको जिम्मेवारी बोकेको आन्तरिक सुरक्षा निकाय- नेपाल प्रहरीले कात्तिक २७ गतेदेखि नयाँ ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) पाउनेछ। हालका आईजीपी चन्द्रकुबेर खापुङको २७ कात्तिकमा अनिवार्य अवकाश हुने भएकाले नयाँ आईजीपी नियुक्त गर्न सरकारले तयारी थालेको छ। आईजीको दौडमा चार जना प्रहरी अतिरक्त महानिरीक्षक (एआईजी)हरुबीच प्रतिस्पर्धा तीव्र देखिएको छ । जसमा देखिएका छन्, एक नम्बरमा दानबहादुर कार्की, दुई नम्बरमा राजन अधिकारी, तीन नम्बरमा डा. मनोज केसी र चार नम्बरमा सिद्धीविक्रम साह । पहिला तीन जना (कार्की, अधिकारी र केसी) २०५६ सालमा प्रहरी निरीक्षकका रूपमा नियुक्त भएका अधिकारी हुन् भने चौथो नम्बरका शाह…