कृष्ण यादव।पर्सा क्षेत्र नम्बर २ का नेकपा एमालेका जेन्जी पुस्ताका उम्मेदवार रिमा यादवको घरदैलो कार्यक्रममा जनलहर बढदै गएको देखिएको छ।पर्सागढि नगरपालिका वडा नम्बर ४ पशुरामपुरमा नेकपा एमालेका उम्मेदवार यादवले जनता दर्शन तथा घरदैलो कार्यक्रम सम्पन्न गरेकी हुन्।एमालेका उम्मेदवार यादवको घरदैलो कार्यक्रममा पशुरामपुरका मतदाताले उत्साहको साथ बिजय गराउन आशीर्वाद दिएका छन्।
पर्सा क्षेत्र नम्बर २ मा चुनावी माहोल तात्दै गएको छ। युवा, इमानदार र शिक्षित एवम जेन्जी पुस्ताको नेकपा एमालेका उम्मेदवार रिमा यादवले जनतामाझ फरक किसिमको सन्देश दिइरहेकी छिन्।त्यसैगरि घरदैलो कार्यक्रममा पशुरामपुरका मतदाताले “युवा पनि हो, राम्रो पनि हो, हाम्रो पनि हो, शिक्षित पनि हो, जेनजी पुस्ताको उम्मेदवार पनि हो — अब के चाहियो?”भन्दै मतदाताहरु उत्साहको साथ मतदान गर्ने प्रतिबद्धता जनाएका छन्।यादवको आवाज अहिले गाउँ–गाउँमा गुञ्जिरहेको छ।
जनतासँग कुरा गर्दै यादवले स्पष्ट शब्दमा भने,“म भाषण गर्न होइन, काम गरेर देखाउन आएको हुँ। जनताको विकास, क्षेत्रको प्रगति र परिवर्तनका लागि आएको हुँ। पुराना नेताहरूले गरेका वाचा पूरा भएनन्, म जे भन्छु त्यो गरेर देखाउँछु।”यादवले स्थानीय बासिन्दाले देखाएको उत्साह र सद्भावले आफ्नो अभियानलाई थप सशक्त बनाएको बताईन।
घरदैलो कार्यक्रममा बोल्दै पर्सागढिको ऐतिहासिक पहिचानलाई संरक्षण गर्दे यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकीय गन्तव्यो रुपमा बिकास गर्ने प्रतिबद्धता गरिन्।
पर्सागढिका पशुरामपुरका महिला, पुरुष र युवाहरले उहाँको यो इमानदार प्रतिबद्धता र निरन्तर परिश्रमले जनतामा नयाँ भरोसा जागेको छ। त्यसैले आज पर्सा क्षेत्र नम्बर २ मा जनता खुलेर भन्न थालेका छन् ।रिमा यादवको बाहेक अब कुनै विकल्प छैन।
