Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडाैं । काभ्रेकाे पनौती नगरपालिका-४ बसपार्कस्थित मणिक श्रेष्ठले संचालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा मणिक समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिका-१३ कालीमाटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम र नगद ५ हजार रूपैयाँ सहित काठमाडौं शालिक चोक बस्ने भारत सुनौली घर भएका २१ वर्षीय निकेश शाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-७ हरीपुर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७४ ट्याब्लेट र डिकोलिक ८९ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने २७ वर्षीय प्रशान्त स्याङतान र २६ वर्षीय राजन थोकर रहेका छन् । अस्थायी प्रहरी चौकी हरीपुरबाट खटिएको…
पर्सा प्रहरीको ठुलो सफलता;साईबर ठगी गर्ने गिरोहको पर्दाफास ;१० करोड भन्दा बढी ठगी गरेको प्रहरीको दाबी
वीरगन्ज २७ कार्तिक ।जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जमा साईबर ठगीमा संलगन तीनजनालाई पक्राउ गरेको छ।सर्वसाधारणलाई झुक्क्याएर प्रलोभनमा पारी विभिन्न बैंकको `मनी मूल खाता´खोलाई समाजिक सञ्जाल मार्फत फिसिंङ्ग, ओटोपी फ्रड,जागिर स्कयाम,फेक अनलाई बिजनेस स्कयाम र प्रविधिबाट कम्पनीका कागजात तथा विभिन्न कम्पनीको बिल बनाई ठगी गर्ने तीनजनालाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २९ मुसौली बस्ने बर्ष ३५ को कृष्ण कुमार साह, बाराको विश्रामपुर गाउँपालिका – १ बस्ने २१ वर्षीय राहुल मण्डल र एक जना १४ वर्षीय नाबालक रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक सुदिप राज पाठकको अनुसार प्रहरीले विशेष सूचनाको आधारमा वीरगन्जको पानीटन्की ८ स्थित रहेको…
वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध गाँजासहित तिनजनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीले ९ केजी ३८० ग्राम लागुऔषध सहित तिनजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत बिहार बेैसाली जिल्ला बिदुपुर ग्राम बस्ने २२ बर्षाको राजकुमार, राजामाईकल बस्ने बर्ष२३ को विशाल कुमार र भारतको छपरा जिल्ला सोनपुर ग्राम वडा नम्बर ३ बस्ने बर्ष २४ को पिन्टु कुमार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक हरि बस्नेतको अनुसार विशेष सूचनाको आधारमा जिल्ला पर्साको पर्सागढी वडा नम्बर ९ बडेर्वा पम्पको नजिक सडकखणडमा प्रहरी चौकी मानवाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ शंकास्पस्दरुमा पैदल ३ जना हिडिरहेको तिनजना मानिसहरुलाई…
वीरगंज, २६ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नी बस्ने खेदु महतो धानुक रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक हरि बस्नेतको अनुसार वीरगन्जको ३२ चोर्नी स्थित महतोले सञ्चालन गरेको किराना पसलमा लागु औषध गाँजा बिक्री वितरण लगायतको कारोबार गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले ८ किलो गाँजासहित पक्राउ गरिएको हो। वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले खानतलासी गर्दा किराना पसल पछाडी पट्टी रहेको कोठामा नीलो रंगको प्लाष्टिकको ड्रममा लुकाई छिपाइ राखिएको लागु औषध गाँजा ८…
काठमाडौं । नेपाल प्रहरीका ३२औं प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ आजबाट अवकाशमा गएका छन्। तर उनीसँगै अवकाशमा गएको छ- एक कालखण्डको असफलता, विवाद र ‘कलंक आईजीपी’ को उपनाम। २ महिना छोटो अवधिमा प्रहरी संगठनको छविलाई गम्भीर रूपमा हल्लाउने निर्णयहरू, विवादास्पद सरुवादेखि बढुवासम्मको ‘सेटिङ्ग संस्कृति’, र संगठनभित्रको निराशाले उनको कार्यकाललाई सम्झनलायकभन्दा बढी समालोचनायोग्य बनाइदियो। ‘शान्त प्रहरी’ बाट ‘विवादित आईजीपी’ सम्म खापुङको यात्रा कहिल्यै हल्का थिएन। पूर्वी नेपालको एउटा सामान्य गाउँबाट प्रहरी सेवा प्रवेश गरेका उनले दशौँ वर्षको संघर्षपछि आईजीपीको कुर्सी ओगट- तर त्यस कुर्सीले उनलाई इतिहासमा सम्मानभन्दा बढी आलोचना दिलायो। उनलाई प्रारम्भमा ‘संयमी’, ‘संस्थागत व्यक्ति’ भनेर चिनिन्थ्यो। तर आईजीपी भएपछि उनको…
काठमाडौँ । बैकिङ कसुर मुद्दामा अदालतबाट ३ करोड ५९ लाख ९६ हजार जरिवाना ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका–४ घर भएर बुढानीलकण्ठ बस्ने बिन्दा ढुंगेल रिजाल छिन् । सोमबार उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका–१ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । ४५ वर्षीया ढुंगेलविरुद्ध पाँच वटा मुद्दा अदालतबाट फैसला भैसकेको छ । ती मुद्दामा उनलाई अदालले ३ करोड ५९ लाख जरिवाना हुने ठहर गरेको हो । उनीविरुद्ध वैदेशिक रोजगारसम्बन्धी २० लाख बिगो भएको मुद्दासमेत दर्ता भएर पक्राउ पुर्जी जारी भएको भेटिएको एसपी आचार्यले जानकारी दिए ।
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) दान बहादुर कार्कीलाई सरकारले नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई ३३ औं प्रहरी महानिरीक्षक (आइजी) बनाउने निर्णय गरेको हो । कार्की संगठनभित्र इमानदार, अनुशासित र कामप्रतिको गहिरो प्रतिबद्धता राख्ने अधिकृतका रूपमा परिचित छन् । करिब तीन दशकअघि प्रहरी निरीक्षकका रूपमा सेवा प्रारम्भ गरेका कार्कीले संगठनभित्रका हरेक तहमा आफ्नो क्षमताको बलमा उत्कृष्ट नेतृत्वको परिचय दिँदै आएका छन् । इमान्दारी र निष्ठाका पर्याय प्रहरी सेवामा रहँदा कार्कीलाई सहकर्मी र वरिष्ठ दुवैले ‘इमान्दार र शान्त स्वभावका अधिकारी’को रूपमा चिनेका छन् । उनले हरेक जिम्मेवारीमा पारदर्शिता र कानूनी औचित्यलाई प्रमुख…
काठमाडौं । नेपाल प्रहरीमा नयाँ महानिरीक्षक (आईजीपी) नियुक्तिको घडी नजिकिँदै जाँदा सत्ताको वरिपरि फेरि शक्ति–सम्बन्ध, राजनीतिक सौदाबाजी र व्यक्तिगत स्वार्थको जालो सक्रिय देखिन थालेको छ । हालका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ यही कात्तिक २७ गते अनिवार्य अवकासमा जाने भएपछि नयाँ नेतृत्व चयनको दौड तीव्र बनेको हो । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सुशासन र पारदर्शिताको म्यान्डेट लिएर सत्ता सम्हालेको भए पनि, प्रहरी नेतृत्व चयनमा फेरि राजनीतिक हस्तक्षेप र लबिङको छाया देखिएको छ । प्रधानमन्त्री कार्की स्वयं त्यही व्यक्ति हुन्, जसले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका हैसियतमा प्रहरी महानिरीक्षक नियुक्ति विवादमा ऐतिहासिक फैसला सुनाएकी थिइन् । त्यही मुद्दामा हालका गृहमन्त्री ओमप्रकाश अर्याल कानूनी…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नेपाल प्रहरीको आगामी महानिरीक्षक (आईजीपी) बनाउने अभियानमा खुलेरै लागेका छन् । थापा र केसीबीच पारिवारिक सम्बन्ध रहेको बताइन्छ- केसी नुवाकोटका हुन् भने थापाका ससुरा कांग्रेस नेता अर्जुन नरसिंह केसी पनि त्यही जिल्लाका प्रभावशाली व्यक्ति हुन् । यही नातालाई आधार मानेर थापाले मनोज केसीलाई आईजीपी बनाउने प्रयत्न थालेको पार्टीभित्र चर्चा छ । स्रोतका अनुसार महामन्त्री थापाले अमेरिकी दूतावासमार्फत समेत आईजीपी नियुक्तिमा दबाब सिर्जना गर्न खोजेका छन् । गगन अमेरिकासँग निकट मानिँदै आएका छन्, जसले यो प्रयासलाई थप राजनीतिक रंग दिएको छ । थापाको यो पहल केवल पारिवारिक कारण…