वीरगञ्ज, पर्सा २७ माघ — पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १, छपकैयाामा नेकपा एमाले वडा कमिटीद्वारा आयोजना गरिएको बृहत् पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सयौँको संख्यामा विभिन्न दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशी कार्यकर्ताहरूलाई नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादवले टीका तथा खादा–माला लगाई पार्टीमा स्वागत गरेकी थिइन्।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज एवम् वीरगञ्ज महानगरपालिकाका पपूर्व नगरप्रमुख विजय कुमार सरावगीको विशेष आतिथ्यता रहेको थियो।
प्रमुख अतिथि सरावगीले नेकपा एमाले जनताको विश्वास जित्न सफल पार्टी भएको उल्लेख गर्दै पार्टीको नीति, विचार र नेतृत्वप्रति आकर्षण बढ्दो क्रममा रहेको बताए।
