कृष्ण यादव। पर्सा क्षेत्र न-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि रावस्पा पार्टीका उम्मेदवार शुशिल साह कानु चुनावी मैदानमा उत्रिनुभएको छ। यस निर्वाचन क्षेत्रमा यसपटकको चुनावलाई हार–जितको प्रतिस्पर्धा मात्र नभई जनविश्वास, विकासको दृष्टिकोण र राजनीतिक परिपक्वताको परीक्षणका रूपमा हेरिएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १०को नेतृत्व सम्हाल्दै आउनुभएका पुर्व वडा अध्यक्ष समेत रहेका कानुले पर्सा क्षेत्र नम्बर
२ बाट बालेन्द्र साह उर्फ बालेनलाई प्रधानमन्त्री बनाउन जिम्मेवारी उनको काँधमा आएको छ। तर यसपटकको निर्वाचनलाई विरासत जोगाउने मात्र नभई त्यसलाई जनअपेक्षा अनुसार रूपान्तरण गर्ने अवसरका रूपमा समेत लिइएको राजनीतिक विश्लेषकहरूले बताउनुभएको छ ।
कानु २०७९ सालको स्थानिय निर्वाचनमा वडा नम्बर १० का वडा अध्यक्षमा निर्वाचित भएका थिए।
यसपटक कानुको चुनावी अभियान भाषण र नारामा सीमित नरही घरदैलो कार्यक्रम, चौतारी संवाद, युवासँग प्रत्यक्ष छलफल तथा महिलासँग जीवनस्तर सुधारका विषयमा खुला संवादमा र परिवर्तनको तर्फ केन्द्रित रहेको उहाँको सहयोगीहरुले बताएका छन् । शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, ग्रामीण सडक, रोजगारी सिर्जना तथा सीमावर्ती क्षेत्रको समग्र विकास उहाँका प्रमुख चुनावी एजेन्डा रहेको बताउनुभयो ।
पर्सा क्षेत्र नम्बर-२ विकासका हिसाबले अझै पनि पछाडि परेको क्षेत्र रहेको भन्दै यहाँ सडक, सिँचाइ, गुणस्तरीय विद्यालय, अस्पताल तथा रोजगारीको अभाव रहेको स्थानीयवासीले रावस्पाका उम्मेदवार कानुलाई जानकारी दिदै आएको छन् ।
कानुले यस क्षेत्रलाई भोट बैङ्कका रूपमा मात्र नभई विकासको नमुना क्षेत्र बनाउने समय आएको स्पष्ट पार्नुभएको छ । रावस्पाको सरकार बने र आफू निर्वाचित भए योजनाको होइन, कामको राजनीति देखिने उहाँले बताउनुभयो ।
उहाँले यसपटकको चुनाव व्यक्ति–व्यक्तिको मात्र नभई विकासको दृष्टिकोण र राजनीतिक जिम्मेवारी बोधको प्रतिस्पर्धा भएको स्पष्ट पार्नुभएको छ ।
