Author: Scoop Khabar

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले आसन्न निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार गगन थापा नै भएको बताएका छन् । विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘चुनावपछि प्रधानमन्त्री गगन थापा‌ हुन्, द्विविधा छैन ।’ उनले पार्टी फुटेको नभई अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको बताउँदै नयाँ नेतृत्वले पार्टी मिलाउने बताए । लोकतन्त्रमा गुट र प्रतिस्पर्धालाई सामान्य रूपमा लिमुपर्ने भन्दै विधि र विधान अनुसार चल्ने बताए । ‘निर्वाचन आयोगको निर्णय स्वीकार्नुको विकल्प छैन ‘, उनले भने । सबैले इगो त्यागेर अघि बढ्नुपर्ने बताउँदै उनले अब निर्वाचनकेन्द्रित हुन नेताहरुलाई सुझाव दिए । ‘ गाउँ छिर्ने हो,…

थप

काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने घोषणा गरेका छन्। नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै चुनावपछि संसदमा जाने आफ्नो पनि चाहना रहेको बताए। उनले सरकार तोकिएकै समयमा निर्वाचन हुने दाबी गरे। उनले भने, ‘चुनावपछि बन्ने संसद् र सरकारमा मेरो पनि चाहना छ, कतै न कतैबाट मिडियाको उपस्थित हुने त्यो संसद् र सरकारमा उपस्थिति होस् भन्ने नै हो।’ उनले आगामी चुनावमा परिवर्तनले खोजेअनुसार योग्य व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन आग्रह गरे।

थप

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर पार्टी चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन् । निर्वाचन आयोगले शुक्रबार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि फेसबुक लाइभमार्फत धारणा राख्दै शर्माले यस्तो घोषणा गरेका हुन् । उपसभापति शर्माले अब कांग्रेसले पुरानो शैली त्यागेर निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार तोकेर जनतामाझ जाने बताए । ‘पार्टीभित्र र आम जनताको भावना गगन थापालाई नेतृत्वमा देख्ने छ,’ शर्माले भने, ‘महासमितिबाट पारित दस्ताबेज र आम कार्यकर्ताको चाहनाअनुसार हामी गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै चुनावमा जान्छौँ । यसले देशलाई स्पष्ट राजनीतिक मार्गचित्र दिनेछ ।’ आयोगको निर्णयले विशेष महाधिवेशनलाई…

थप

काठमाडौं । नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले जनताले चाहना अनुरूप पार्टीमा परिवर्तन आएको बताएकी छन्। शनिबार बिहान फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै कोइरालाले कांग्रेसभित्र आएको परिवर्तनलाई खुशी भएर अंगाल्नुपर्ने बताएकी हुन्। उनले पार्टी फुटेको जस्तो अनुभव आफूलाई नभएको पनि बताइन्। ‘नयाँ सभापति आउनुभएको छ। अलि छिटो आउनुभयो त्यति मात्रै फरक हो। नयाँ सभापति गगन थापालाई म बधाई दिन चाहन्छु,’ उनले भनिन्। कोइरालाले सभापति थापालाई विपीको विचार र गिरिजाबाबुको संगठनलाई नबिर्सी अगाडि बढ्न समेत आग्रह गरिन्। ‘नेपाली कांग्रेसलाई राम्रो बनाउनुस्। यो देशको उन्नति गर्नुस्। तपाईंलाई सम्पूर्ण जनताले मान्ने छ। तपाईलाई सम्पूर्ण नेपाली कांग्रेसले साथ दिनेछ,’ उनले भनिन्। मुलुकले चाहेको परिवर्तनलाई स्वीकार गर्नुपर्ने…

थप

काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । शुक्रबारको गृहमन्त्रीस्तरको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका उनीहरुलाई आईजीपी दान बहादुर कार्कीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने एसएसपीहरूमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र वोहरा रहेका छन् । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

थप

काठमाडौं । टोखा नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय मिलिग्रामसहित सोही नगरपालिका-२ पञ्चेटार बस्ने संखुवासभा मकालु गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुबास चौलागाईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-६ बस्ने २८ वर्षीय ओम प्रकाश थारू र २० वर्षीय श्रवण कुमार थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको…

थप

काठमाडौं । ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सो अभियोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ का ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । मोरङ उर्लाबारीका सनम शाक्यलाई विसं २०७४ फागुन १८ गते कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको थियो। सुन कारोबारमा संलग्न मुख्य अभियुक्त चुरामणि उप्रेती ९गोरे०लाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका गौतमलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको जानकारी दिए।

थप

काठमाडौं । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका–१० स्थित चाँगुनारायण मन्दिर जाने सडकमा रोकेर राखेको ट्रकमा मंसिर २ मा एउटा मोटरसाइकल ठोक्कियो । बागमती प्रदेश–०२–०२५ प ३९३७ नम्बरको मोटरसाइकल मिनि ट्रकको पछाडि ठोक्किँदा मोसा चालक रोश श्रेष्ठ गम्भीर घाइते भएका थिए । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ घर भएर साँखु बस्ने २४ वर्षीय श्रेष्ठलाई सुरुमा भक्तपुर जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँबाट रिफर भएका उनको अहिले काठमाडौँको अहिले सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेजमा उपचार हुँदैछ । टाउको र हातखुट्टामा चोट लागेका श्रेष्ठको उपचारमा उनकी आमा खटिएकी छन् । प्रहरीले बा.२ क ४४१० नम्बरको मिनिट्रक चालक धादिङ घर भएका ३३ वर्षीय अर्जुन तामाङलाई पक्रेर…

थप

लेटाङ, मोरङ — इलाका प्रहरी कार्यालय, लेटाङको आयोजनामा लेटाङ नगरपालिका क्षेत्रभित्र “सडक अनुशासन तथा सवारी सुरक्षा अभियान–२०८२” सञ्चालन गरिएको छ। मिति २०८२ साल माघ १ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने उक्त अभियान १० दिनसम्म चल्ने जनाएको छ। अभियान लेटाङ नगरपालिका क्षेत्रभर लागू हुने गरी सञ्चालन गरिएको हो। यस अभियानमा लेटाङ नगरपालिका, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ तथा विभिन्न संघ–संस्था सहितका सरोकारवाला निकायहरूको सहकार्य रहेको छ। इलाका प्रहरी कार्यालय, लेटाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक सागर साहका अनुसार अभियानमार्फत लेटाङ नगरपालिका क्षेत्रभित्र सडक सुरक्षासम्बन्धी न्यूनतम आवश्यक तथा आधारभूत संरचना र सामग्रीहरूको उपलब्धता तथा सुनिश्चितता गरिनेछ। साथै सडक दुर्घटना न्यूनीकरण, नागरिकको…

थप

काठमाडौँ । विश्व सम्पदा सूचिकृत पवित्र बौद्धनाथ क्षेत्रमा रहेका बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख रिन्पोछे चिनिया लामा भुपतिबज्र लामाले बौद्धको महिमा जोगाउन सक्रियता बढाइएको छ । विहिवार आयोजित पत्रकार सम्मेलनमा धर्मगुरु चिनिया लामाले सो कुरा बताएका हुन् । बौद्ध क्षेत्रमा अतिक्रमण भएका जग्गाहरुको लेखाजोखा एवम् संरक्षण गर्न खोज्दा बौद्धनाथ क्षेत्र विकास समिति वाधाक बनेको उल्लेख गर्दै गुठीको नाममा रहेको जग्गामा समेत विवाद ल्याउने कार्य गरेको बताए । पछिल्लो समयमा गुठीको जग्गाहरु अतिक्रमण गरि केही स्वार्थ समूहहरुले व्यापारिक संरचना बनाउने, दैनिक रुपमा सञ्चालन गर्दै आइरहेको धार्मिक पूजा कार्यमा समेत अवरोध सिर्जना गरिहेकोले त्यस्त गलत गतिविधि रोक्न गुठीले सक्रियता देखाइएको बताए…

थप