Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । कुनै समय नेपाल प्रहरी संगठनभित्र अब्बल प्रशासक, सुधारक र स्पष्ट वक्ताका रूपमा परिचित पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि उनले बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवारी दर्ता गरेका छन्। प्रहरी संगठनको सर्वोच्च तहसम्म पुगेका खनाल पछिल्लो समय पूर्ण रूपमा राजनीतिमा सक्रिय देखिएका छन्। निर्वाचनलाई लक्षित गर्दै उनले सिमरामा घर भाडामा लिएर बसोबासको केन्द्र नै बारा बनाएका छन्। बारा–४ का गाउँ, टोल र बस्तीहरूमा पुगेर उनले विशेषगरी जेनजी (Gen Z) र युवाहरूसँग भेटघाट तथा छलफललाई प्राथमिकता दिइरहेका छन्। खनालकाअनुसार, आजका युवाहरूको भावना केवल युवाको मात्र नभई आम नागरिकको साझा भावना…
वीरगन्ज । नेपाली कम्युनिस्ट पार्टीबाट पर्सा-३ मा छोटेलाल यादवले उम्मेदवारी दर्ता गराएका छन्। पर्सा क्षेत्र ३ मा यादवले नेता कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन्। यादव०७९ सालको निर्वाचनमा पर्सा ३ को (क) बाट प्रदेस सभा उम्मेदवार रहेका थिए।
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापालाई पुस महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ। विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ जिम्मेवारी निर्वाह गरेको तथा जघन्य अपराध अनुसन्धानमा देखाएको व्यावसायिकताका कारण थापालाई उक्त सम्मान प्रदान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक थापाले २०८२ साल असोज २६ गते ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की)को बन्चरो प्रहार गरी हत्या तथा नगद र सुनका गहना लुटपाट गरिएको घटनाको सफल अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेका थिए। यसैगरी, २०८२ साल पुस १५ गते ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ मा किराना पसल सञ्चालक दम्पति ६०…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशभर प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनको रौनक चलिरहँदा आफू त्यस उत्साहमा मिसिन नसकेको गुनासो गरेका छन् । सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा देशका तीनवटा जिल्ला अदालत पर्सा, काठमाडौं र रूपन्देहीमा एकैदिन सुनुवाइ चलिरहेका कारण आफू मानसिक रूपमा दबाबमा परेको उनले बताएका छन्। पर्सा जिल्ला अदालतले सोमबार लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। अदालतबाट निस्किएलगत्तै उनले सामाजिक सञ्जालमार्फत देश निर्वाचनमय बनेको बेला आफू अदालत धाइरहनु परेकोप्रति दुःख व्यक्त गरेका हुन् । उनले चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने तयारी गरे पनि समय अभावका कारण वारेसमार्फत मनोनयन दर्ता…
वीरगन्ज ।नेपाल कम्युनिस्ट पार्टीबाट पर्सा२मा मनोज चौधरीको उम्मेदवारी दर्ता।पर्सा क्षेत्र २मा नेपाल कम्युनिस्ट पार्टी उम्मेदवारी चौधरीले नेता कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन्।बामपंथी राजनितीकमा सक्रिय रहेका चौधरी युवा पुस्ता माक्ष लोकप्रिय मानिन्छ ।
मैले बनाएको सडकबाट प्रचण्ड रुकुमपूर्व आए, विकास नै मेरो जितको आधार हो : जनार्दन शर्मा
काठमाडौं । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) बाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्मा ‘प्रभाकर’ले जिल्लाको विकासमा आफूले गरेको योगदान नै आगामी निर्वाचनमा जितको मुख्य आधार हुने बताएका छन् । मंगलबार रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका शर्माले आफ्नो निर्वाचन क्षेत्रमा प्रभाव पार्ने उद्देश्यले प्रचण्ड रुकुमपूर्व आएको टिप्पणी गरे। उनले रुकुमपूर्वमा आफूले गरेको विकासमा जस लिन प्रचण्ड पुगेको आरोप लगाउँदै भने,’मैले हेलिकप्टरबाट डोजर झारेर बनाएको सडकबाट प्रचण्ड रुकुमपूर्व आए।’ शर्माले आफूले रुकुम क्षेत्रमा सडक, पहुँच र पूर्वाधार विकासमा ऐतिहासिक काम गरेको दाबी गर्दै मतदाताले यसपटक ‘कामको मूल्यांकन’ गरेर मतदान गर्ने विश्वास व्यक्त गरे।
पर्सा क्षेत्र २मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शुशिल साह कानुले उम्मेदवारी दर्ता गराएका छन्।रास्वपाका नेता तथा कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन्।कानु वीरगन्ज महानगरपालिका वडा १० का वडा अध्यक्ष पदबाट राजिनामा दिएर रास्वपाबाट उम्मेदवारी दिएका कानु युवा पुस्तामाझ लोकप्रिय पनि मानिन्छन्। वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपाको देशैभर लहर देखिएको अवसरमा त्यही पार्टीबाट उम्मेदवार बनेका कानुले युवाहरूको मत सहजै आँफुतिर तान्ने आकलन गर्न थालिएको छ।
काठमाडौं । देशैभर प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै गएको छ। सडक, चोक, चिया पसलदेखि सामाजिक सञ्जालसम्म चुनावी बहसले प्राथमिकता पाएको छ। दलहरूले उम्मेद्वार टुंग्याइसकेका छन्, नेता–कार्यकर्ता मैदानमा उत्रिएका छन् र मतदाताको मन जित्ने प्रतिस्पर्धा अब खुला रूपमा सुरु भइसकेको छ। यसै सन्दर्भमा गोरखा क्षेत्र नम्बर १ यो पटक विशेष चासोको केन्द्र बनेको छ। कारण- पुराना दल र उदाउँदै गरेका नयाँ शक्तिबीचको प्रत्यक्ष भिडन्त। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–१ मा १३ जनाको उम्मेद्वारी परेको छ। नेपाली कांग्रेसबाट प्रेमकुमार खत्री, नेकपा (एमाले) बाट रामचन्द्र लामिछाने, नेकपा (पूर्वमाओवादी) बाट हरिराज अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुदन गुरुङ प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्।…
काठमाडौं । पर्सा क्षेत्र २ मा नेपाली कांग्रेसबाट पुर्वमन्त्री अजय चौरसियाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन्। चौरसिया तीन पटक सासंद र दुई पटक मन्त्री बनि सकेका चौरसिया फेरी पर्सा क्षेत्र नम्बर २ मा नेपाली काग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।
काठमाडौं । पर्सा क्षेत्र १ मा नेकपा एमालेबाट पुर्व मन्त्री प्रदिप यादवले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार पार्टीका नेता कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन्। मधेस अन्दोलनबाट राजनीतिमा उदाएका युवा नेता यादव दुई पटक सासंद र तीन पटक मन्त्री बनेका छन्। जनता समाजबादी पार्टी ०७४र०७९ सालको निर्वाचनमा लगाएतार दुई पटक जित हासिल गरेका थिए। उनी गत इतबार नेकपा एमाले प्रवेश गरेका हुन्। पुर्व मन्त्री यादव र नेपाली कांग्रेस उम्मेदवार अनिल रुगटाबिच कडा प्रतिस्पर्धा हुने आकलन गरेको छ। व्यापारी पुष्टि भूमिबाट राजनीतिमा आएका रुगंटा ०७९ सालमा समानुपातिक कोटाबाट सासंद बनेका थिए। ०७४ सालको…