काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले मुलुक अझै गहिरो अन्योलमा रहेको बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले नेपालको राजनीतिक स्थायित्व र प्रणालीगत अन्योलप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘के मिलेन? किन स्थिर रहेन ?’ यो प्रश्नले अहिलेको अवस्थालाई स्पष्ट रूपमा झल्काउँछ । उनले प्रणाली स्थिर र व्यवहार गतिशील हुनुपर्छ, तर अहिले व्यवस्था जडताको सिकार बनेको बताए ।
उनले भने, ‘देश चुनावमय छ, तर पूर्वराजाले चुनावबारे नै गम्भीर प्रश्न उठाएपछि अब के ? न त चुनावले समाधान दिन्छ, न त पुनर्स्थापनाले । अन्योल हटाउनुपर्छ ।’
Facebook Comments Box
