Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कैलाली धनगढी उपमहानगरपालिका-१२ जुगेडा डि गाउँ बस्ने २७ वर्षीय सन्दिप चन्दलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा फेक एकाउन्ट मार्फत साथी बनी नाबालिकालाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारी नग्न तस्विर तथा भिडियो मागी थप अश्लिल गतिविधि नियमित रूपमा गर्न लगाउदा नाबालिकाले नमाने पश्चात उक्त तस्विर तथा भिडियो पीडितको साथी तथा आफन्तजनका सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा कैलालीबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला…
भक्तपुर । भक्तपुर नगरपालिका-३ वंशगोपाल डेगोमनास्थित निर्माणाधीन घरमा ज्यामी काम गरी बस्ने उदयपुर घर भएका ३५ वर्षीय पुर्ण ठकरीको हत्या गरेको अभियोगमा सोही घरमा ज्यामी काम गरी बस्ने धनकुटा साँगुरीगढी गाउँपालिका-३ घर भएका २७ वर्षीय याखा राई भन्ने संजिब राईलाई प्रहरीले पक्राउ गरेको छ । संजिबले कुटपिट गर्दा पुर्णको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर समेतबाट खटिएको प्रहरीले उनलाई भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भक्तपुर । सूर्यबिनायक नगरपालिका-३ बालकोट अधिकारी टोलस्थित भोजपुर षडानन्द नगरपालिका-६ घर भएका ३८ वर्षीय प्रेम बहादुर श्रेष्ठले संचालन गरेको बालकोट चुल्हो कफि तथा खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ५ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङ, सामुदायिक प्रहरी सेवा केन्द्र कञ्चनबारी तथा इडेन नेशनल बोर्डिङ स्कुल विराटनगरको समन्वय र सहकार्यमा “प्रहरीसँग एक दिन” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत ५६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रत्यक्ष भ्रमण गराई प्रहरी संगठनको संरचना, कार्यप्रणाली तथा विभिन्न शाखाहरुबाट प्रदान गरिने सेवासुविधाको बारेमा जानकारी प्रदान गरिएको थियो। भ्रमणका क्रममा विद्यार्थीहरुले नागरिक सहायता कक्ष, कार्य/विशेष/आनि शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता कक्ष, उजुरी छानबिन शाखा, अपराध अनुसन्धान शाखा, CDR, प्रशासन शाखा, सामुदायिक प्रहरी शाखा तथा कन्ट्रोल रुमबारे जानकारी दिएको हाे।…
माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू यो खुला पत्र कुनै संगठनको औपचारिक ज्ञापन पत्र होइन । यो देशभरका हजारौँ श्रमजीवी पत्रकार, साना लगानीमा सञ्चालित सञ्चारमाध्यम र स्वरोजगारमुखी मिडियाको दैनिकीसँग गाँसिएको पीडा, संघर्ष र राज्यद्वारा गरिएको दीर्घकालीन बेवास्ताको लिखित साक्ष्य हो । यो भावनाले होइन, तथ्यले बोल्ने दस्तावेज हो । आग्रहमा होइन, अधिकारका आधारमा प्रश्न उठाउने पत्र हो । र यो चेतावनी पनि हो । यदि समयमै सम्बोधन भएन भने नेपाली सञ्चार क्षेत्रको आधारस्तम्भ क्रमशः कमजोर हुँदै अन्ततः धराशायी हुने निश्चित छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सचिवको तर्फबाट यस्तो खुला पत्र सार्वजनिक गर्न बाध्य हुनु स्वयंमा राज्य संयन्त्रप्रतिको गहिरो…
कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रतिनिधि सभाको आगामी निर्वाचनलाई लक्षित गर्दै सुरक्षा तयारी तीव्र बनाएको छ। प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले निर्वाचन सुरक्षाका लागि प्रहरी पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन्। आइतबार धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा डीआईजी रानाले राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटेपछि सुरक्षा निकाय पनि जिम्मेवारी वहन गर्न तयारी अवस्थामा रहेको बताए। उनले भने, ‘राजनीतिक दलहरू चुनावी प्रक्रियामा अघि बढे भने त्यसलाई सुरक्षित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरी प्रशासन पनि पूर्ण रूपमा तयारी अवस्थामा छ।’ सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेपछि प्रदेशभर सुरक्षा रणनीति…
जनकपुरधाम । लागूऔषध नियन्त्रण ब्यूरोको काजमा जनकपुरधाम खटिएका प्रहरी हवल्दार भुपेन्द्र कार्की मधेस प्रदेशमा ‘असुलीको राजा’ उपनामले चिनिन थालेका छन्। लामो समयदेखि मधेसमै जरा गाडेर बसेका कार्कीलाई तत्कालीन प्रहरी महानिरीक्षक बसन्त कुँवरले एकपटक मधेसबाट हटाएका थिए। तर, कुँवरको अवकाशपछि शक्तिकेन्द्रको आडमा कार्की पुनः मधेसमै फर्किएका हुन्। विश्वस्त स्रोतहरूका अनुसार कार्यालय जनकपुरधाम भए पनि कार्कीको स्थायी बास महोत्तरीको बर्दीबास क्षेत्रमा रहेको छ। उनकै सेटिङमा महोत्तरीको बर्दीबास र सिन्धुलीको सीमावर्ती क्षेत्रमा अहिले पनि खुलेआम जुवा सञ्चालन भइरहेको बताइन्छ। विश्वस्त स्रोतहरूका अनुसार कार्यालय जनकपुरधाम भए पनि कार्कीको स्थायी बास महोत्तरीको बर्दीबास क्षेत्रमा रहेको छ। उनकै सेटिङमा महोत्तरीको बर्दीबास र सिन्धुलीको सीमावर्ती क्षेत्रमा अहिले…
काठमाडौं । विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लंघन गर्दै नेपालीहरूलाई लुकीछिपी क्यासिनो प्रवेश गराई जुवा खेलाएको आरोपमा नेपाल प्रहरीले विराटनगरका दुई क्यासिनोबाट सञ्चालकसहित २० जनालाई पक्राउ गरेको छ। लामो समयदेखि नेपाली नागरिकलाई प्रवेश दिई जुवा खेलाइरहेको गुनासो आइरहेका बेला प्रहरीले गएराति छापा मारेर नेपालीहरूलाई रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार विराटनगरस्थित ‘बिग होटल’ भित्र सञ्चालित च्याम्पियन जोन क्यासिनो र ‘रत्ना होटल’ भित्र रहेको गोल्डेन क्यासिनोमा एकैसाथ छापा मारिएको हो। राति करिब ११ बजे गरिएको उक्त कारबाहीका क्रममा गोल्डेन क्यासिनोका सञ्चालक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका सञ्चालक रामकृष्ण गौतम पक्राउ परेका…
काठमाडौं । चितवन प्रहरीले लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम अनुसन्धान अघि बढाइएको छ। इलाका प्रहरी कार्यालय चनौली, चितवनका प्रहरी निरीक्षक कल्पना सापकोटाले लागू औषधविरुद्ध अभियान जारी राखेको हाे। लामो समयदेखि बढ्दै गएको लागूऔषध कारोबारलाई जरोदेखि उखेल्ने दृढ संकल्पका साथ अघि बढेकी सापकोटाको नेतृत्वले चनौली क्षेत्रमा अगाडि बढेको छ। प्रहरी निरीक्षक सापकोटाले जिम्मेवारी सम्हालेसँगै लागू औषधलाई पहिलो प्राथमिकतामा राखेर रणनीतिक योजना बनाएकी छिन् । सूचनामा आधारित अपरेसन, गोप्य निगरानी र समुदायसँगको समन्वयलाई उनले अभियानको मुख्य आधार बनाइन्। उनको नेतृत्वमा प्रहरी टोलीले दिन–रात नभनी फिल्डमा खटिँदै लागू औषध कारोबारमा संलग्न व्यक्ति, बिचौलिया र नेटवर्कको पहिचान गर्न थालेकाे हाे। २०८२ मंसिर महिनाभित्र मात्र…
काठमाडौं । काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाइरहेको आरोपमा प्रहरीले छापा मार्दा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २ जना महिला समेत रहेका छन्। करिब १ हप्ता अघि गरिएको छापामा भारतीय क्यासिनो इभेन्ट गिरोहका नाइके सुरेश महाजनसहित प्रमोद मोरिया, दिनेश बर्मा, विक्रम सिंह, चिजा खड्का र भवानी पाण्डे पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार क्यासिनोमा ‘इभेन्ट’ को नाममा सेटिङ मिलाएर जुवा खेलाउने गरिएको थियो। छापाका क्रममा जुवा खेल्न प्रयोग हुने तास, सेन्सर जडित उपकरण, लेन्सलगायत सामग्री बरामद गरिएको छ। पक्राउ परेका मुख्य नाइके सुरेश महाजन भारतीय नागरिक हुन्। उनको विवरणअनुसार सुरेश महाजन, उमेर ५७…