काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको खुलेको छ।
गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानको क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमार्फत दुवै जनाविरुद्ध पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार अदालतले पक्राउका लागि स्वीकृति दिइसकेको भए पनि देउवा दम्पत्ति हाल देशबाहिर रहेकाले पक्राउ प्रक्रिया अघि बढ्न सकेको छैन। उनीहरू विदेशमै रहेको बताइएको छ।
यस घटनापछि राजनीतिक वृत्तमा चासो बढेको छ भने अनुसन्धान प्रक्रिया थप तीव्र बनाइने संकेत समेत स्रोतले दिएको छ।
Facebook Comments Box
