काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक कैदीलाई प्रहरीले १३ महिनापछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका–६, धर्मस्थली बस्दै आएका ४६ वर्षीय चन्द्र दमाई केसी रहेका छन्।
केसी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कैद भुक्तान गरिरहेका बेला गत वर्ष भदौ २५ गते जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवलस्थित केन्द्रीय कारागारबाट फरार भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले केसीलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई पुनः केन्द्रीय कारागार, जगन्नाथदेवल पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box

