Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । बुढानिलकण्ठबाट प्रहरी हवल्दार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख घुससहित बरिष्ठ हवल्दार विष्णु सिंह पक्राउ परेका हुन् । प्रहरी प्रभाग बुढानिलण्ठमा कार्यरत हवल्दार सिंह कुख्रे खोलाको ढल तथा सरसफाई र निकाश गर्दा निस्कने बालुवा व्यवस्थापनमा सहजिकरण गर्न घुस लिँदै गर्दा पक्राउ परेका हुन् । टंगालस्थित अख्तियारबाट खटिएको टोलीले उनलाई बुढानिलकण्ठ नगरपालिका–२ बासिकबाट पक्राउ गरेर अनुसन्धान थालेको छ । बुढानिलकण्ठ प्रभागको इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेन्द्र चन्द छन् । हबल्दार सिंह इन्स्पेक्टर चन्दका विश्वासपात्र प्रहरीको रुपमा चिनिन्छन् । उनै चन्दले सिंहलाई हवल्दार मेजरको रुपमा राखेका थिए । त्यसैले इन्चार्ज चन्द समेत यो घुसकाण्डमा…
बारा । बारामा सम्पत्तिको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारत, बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ बस्ने ३१ वर्षीय महम्मद अमिनुल्लाले २२ वर्षीय आफ्नी श्रीमती आसमिन खातुनलाई छुरीले घाँटी रेटी हत्या गरेका हुन् । सिम्रौनगढ नगरपालिका–६ बजारमा ससुरा जाहिर मियाँको घरमा तीन बच्चा, श्रीमतीसहित बस्दै आएको भए पनि पटक–पटक ससुरालीमा रहेको सम्पत्ति बिक्री गरी भारतमा जान दबाब दिँदै आएको तर श्रीमती भारत जान नमानेपछि झै–झगडा हुने गरेको प्रहरीले जनाएको छ । ससुराको छोरा नभएको हुनाले त्यो सम्पत्ति सबै आफ्नै होस् भने नियतका साथ अमिनुल्ल्लाले श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको भए…
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकजना प्रहरी उपरीक्षक (एसपी) र दुईजना नायब उपरीक्षक (डिएसपी) को काज सरुवा गरेको छ । प्रधान कार्यालयले एसपी सिताराम रिजाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुखको जिम्मेवारी दिएको छ । एसपीको ५५ वर्षे उमेरका कारण बामदेव गौतम अनिवार्य अवकाशमा गएपछि रिजाललाई मकवानपुर खटाइएको हो । एसपी रिजाल जिल्ला प्रहरी परिसर, काठमाडैंमा कार्यरत छन् । त्यस्तै डिएसपी दधिराम न्यौपानेको जिल्ला प्रहरी कार्यालय बारा काज सरुवा भएको छ भने न्यौपानेको ठाउँ नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्साल काठमाडैंमा पुरुषोत्तम प्रसाद पाण्डेलाई पठाइएको छ । अर्को आदेश नभएसम्मको लागि काजमा खटाइएको प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन काण्डमा अरुलाई दोष लगाएर गृहमन्त्री उम्किन खाजेको आरोप लगाएका छन् । कम्बोडियाबाट सोमबार राति फर्किएका अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै काँक्रा आफू खाएर बियाँ अरूका गालामा टाँस्ने चेष्टा भइरहेको बताएका हुन् । ‘मान्छेहरू फ्रस्टेड किन हुन्छन् भने नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ आफू, उहाँले यहाँ सेक्युरिटीको बन्दोवस्त गरेको छ कि छैन ? विमानस्थलमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ?,’ उनले प्रश्न गर्दै भने । ‘अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री अनि कोटको गालामा र टारको गालामा…
काठमाडौं । अमेरिका पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्जुङको दोर्दी गाउँपालिका, १ घर भई हाल वनस्थली ढुंगेधारा बस्ने २८ वर्षीय सुजन अधिकारी रहेका छन् । अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोह्रखुट्टेबाट पक्राउ गरेको हो । अधिकारीले नुमा केसीलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाई दिने भन्दै २० लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ । अधिकारीले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो । पक्राउ परेका अधिकारीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं…
कैलाली । कैलालीको अत्तरियामा रहेको एक होटलमा अनैतिक क्रियाकलापमा संलग्न दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका, २ स्थित आर्दश गल्लीमा रहेको बोगटी अछाम होटलका सञ्चालकसहित एक महिलालाई पक्राउ गरिएको हो । होटल सञ्चालक डोटीको घण्टेश्वरका ३५ वर्षीय प्रकाश थापा र कैलालीको घोडाघोडी नगरपालिका, २ की ३० वर्षीया विमला सुनारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुको कोठाबाट कण्डम, इकोन ट्याब्लेट, सरजोल क्रिम पनि फेला बरामद भएको छ । उनीहरुमाथि मालाखेती प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
बागलुङ । इलाका प्रहरी कार्यालय भीमगिठे, बागलुङका प्रमुख बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् । सोमबार राति इलाका प्रहरी कार्यालय भीमगिठेबाट निस्केका पौडेल मंगलबार बिहान खालबजारमा रहेको एक होटलमा मृत भेटिएका हुन् । बागलुङको बडिगाड गाउँपालिकास्थित खाल बजारमा रहेको आशा होटल एण्ड खाजा घरमा पौडेल मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको टोलीले घटनास्थल सिल गरेको छ । घटना थप शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) योगेशकुमार खड्काको नेतृत्वमा टोली घटनास्थलतर्फ जाँदै गरेको छ ।
काठमाडौं । चितवनको मुग्लिङ नारायणगढ सडकखण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा सवारी साधन आगमन पूर्ण रुपमा अवरुद्ध भएको छ । बिहान ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कालिखोला आसपासका विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको छ । निरन्तर पानी परिराखेकाले पहिरो पन्छाउन कठिन भएको छ । पहिरो पन्छाउन समय लाग्ने देखिएकोले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।
काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै विश्वास दिलाई पीडितबाट ४५ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र २३ वर्षीय बिशाल खनाल रहेका छन् । उनीहरु बुवाछोरा रहेको खुलेको छ । उनीहरूले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाई विभिन्न कागजातहरूमा सही छाप गराई उक्त रकम ठगी गरेको तथा ना.४ च ८६७० नम्बरको स्कारपियो जिप समेत लिई फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको…
काठमाडौं । विश्व खाद्य कार्यक्रम (WFP)को नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घन श्याम कटुवाल र मकवानपुर बागमती गाउँपालिका-९ घर भई काठमाडौं बुढानीलकण्ठ बस्ने ४० वर्षीय दिनेश भन्ने लिला बहादुर भोलोन रहेका छन् । बुढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय संचालन गरी नक्कली कर्मचारीहरु खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याड समेत बनाई विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा टेण्डर आह्वानको विज्ञापन छपाई ठगी गरेको भन्ने सूचना गत जेठ २९ गते प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौं…