बागलुङ । इलाका प्रहरी कार्यालय भीमगिठे, बागलुङका प्रमुख बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन् ।
सोमबार राति इलाका प्रहरी कार्यालय भीमगिठेबाट निस्केका पौडेल मंगलबार बिहान खालबजारमा रहेको एक होटलमा मृत भेटिएका हुन् ।
बागलुङको बडिगाड गाउँपालिकास्थित खाल बजारमा रहेको आशा होटल एण्ड खाजा घरमा पौडेल मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको टोलीले घटनास्थल सिल गरेको छ ।
घटना थप शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) योगेशकुमार खड्काको नेतृत्वमा टोली घटनास्थलतर्फ जाँदै गरेको छ ।
Facebook Comments Box
