काठमाडौं । चितवनको मुग्लिङ नारायणगढ सडकखण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा सवारी साधन आगमन पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बिहान ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कालिखोला आसपासका विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइराखेको छ ।
निरन्तर पानी परिराखेकाले पहिरो पन्छाउन कठिन भएको छ । पहिरो पन्छाउन समय लाग्ने देखिएकोले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।
Facebook Comments Box
