Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । खुँडा प्रहार गरी व्यक्ति हत्या गर्ने नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपालगञ्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन् । आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् । उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषदको…
वीरगञ्ज । प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिकाको कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा उनकै सहोदर जेठाजुद्वय र अर्का एक स्थानीय पक्राउ परेका हुन् । गत २ असोजमा जगरनाथपुर गाउँपालिका– ५ मसिहानी निवासी ५६ वर्षीय कान्तिदेवी बिनको हत्या भएको थियो । हत्या आरोपमा उनकै सहोदर जेठाजुद्वय ५९ वर्षीय चन्द्रिका राउत, ५७ वर्ष अमिरिका राउत बिन र स्थानीय ३६ वर्षीय लालबाबु राउत बिन पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका उनीहरुलाई मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । पर्सा प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले बिनको हत्या…
काठमाडौ । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दशैंको साइत सार्वजनिक गरेको छ । जसअनुसार दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे रहेको छ । यस वर्षको बडादशैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यसदिन बिहान ११:२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने पनि उनले बताए । कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०:३७ बजे देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि…
सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह गरेको छ । मंगलबार एक वक्तव्य जारी गर्दै सल्यान प्रहरीले चाडपर्वलक्षित सूचनामार्फत सभ्यतापूर्वक सुरक्षित रहेर विजया दशमी, तिहार र छठजस्ता पर्व मनाउन आग्रह गरेको हो । सल्यान प्रहरीले घर तथा कोठा छोडेर अन्यत्र जानुपर्दा घरको झ्याल–ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई खबर गरी जान, आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरूको स्पष्ट नाम, थर, वतन, परिचय खुल्ने कागजात, फोटोसहितको अभिलेख राख्न र बहुमूल्य गरगहना लगाएर कुनै मेला पर्व तथा भीडभाडमा नजान आग्रह गरेको छ । त्यस्तै भीडभाड हुने स्थानहरूमा सामान चोरी तथा पाकेटमारी हुन…
काठमाडौं । प्रहरीले बागमति प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्रीका भाईलाई पक्राउ गरेको छ । प्रहरीले अपहरण केसमा मन्त्री तीर्थ लामाका भाई भोजे भन्ने भोजबहादुर लामालाई पक्राउ गरेको हो । साथी साथी बीचको झगडापछि प्रहरीमा खबर आएपछि लामालाई सामाखुसीको एक रेष्टुरेन्टमा पक्राउ गरिएको प्रहरी वृत्त, महाराजगञ्ज स्रोतले जनाएको छ । वृत्तमा कार्यरत एक प्रहरीले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ । पीडितहरु प्रहरी कार्यालयमा उपस्थित भएका छन्, छलफल गर्दैछौं । यद्यपी बाँकी कुरा अनुसन्धानपछि मात्र भन्न मिल्नेछ ।’ तर, काभ्रे घर भएका लामाले काभ्रेकै बुद्धचित्त माला व्यापारीलाई अपहरण गरेको स्रोत बताउँछ । माला बेचेको कमिसन नदिएको भन्दै लामाले अपहरण गरेको हुनसक्ने…
झापा । तीन दिनअघि दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपीसहित ११ जनालाई झापा प्रहरीले सोमबार सार्वजनिक गरेको छ । दमक नगरपालिका–१ स्थित रूवेल माछा फ्राईमा साथीहरूबीच झगडा हुँदा छुरा प्रहारबाट मृत्यु भएका इलामको चुलाचुली गाउँपालिका–३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपी दमक–७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय दमकमा सोमबार पत्रकार सम्मेलन गरी मुख्य आरोपी राईसहित दमक–१ का २२ वर्षीय आनन्द भुजेल, दमक–७ कै १८ वर्षीय सवास आलम, दमक–१ कुमाल चौककोरूरुवेल माछा फ्राईका सञ्चालक विशाल कुमाल, दमक–१ का २५ वर्षीय नामुद…
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका –६ बेलटारबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले सोमवार पक्राउ गरेको हो । पक्राउ पर्नेमा चौदण्डीगढी नरपालिका– ६ का विनोद राई, विदुर राई, विशाल राई, मनोज राई र प्रवेश चौहान छन् । उनीहरूले उक्त लागुऔषध मलद्वारमा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरूको साथबाट फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाइजेपाम ६, लेबल नभएको ९ एम्पुल गरी ३५ एम्पुल बरामद गरिएको छ । उनीहरूलाई १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहको उदयपुर प्रहरीले जनाएको छ ।
काठमाडौ । प्रहरी कल्याण कोषद्वारा सञ्चालित नक्सालस्थित पेट्रोल पम्पमा एक करोड रूपैयाँ बढी हिनामिना गरेको आरोप लागेका सहायक निरीक्षक (असई) दिलीप कार्की दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले कार्कीलाई सोमबार दोषी ठहर हुने फैसला सुनाएको हो। उनलाई सजाय भने निर्धारण हुन बाँकी छ । पेट्रोल पम्पमा कार्यरत रहँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/७६ मा असई कार्कीले एक करोड ३ लाख ९७ हजार रूपैयाँ हिनामिना गरेको आरोप लागेको थियो । उनले फर्जी विवरण बनाएर रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो…
मोरङ । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । खतिवडाले अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतले पछि पार्दै विजयी भएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन पाएका मोरङको लेटाङ नगरपालिकाका खतिवडाले ५१२ मत पाए । विराटनगरका ढकालले भने ४३० मत प्राप्त गरे । अध्यक्षमा ३५ मत बदर भएको निर्वाचन समितिका संयोजक चुडामणि आचार्यले जानकारी दिए । पार्टीको पाँचौँ जिल्ला अधिवेशनमा तत्कालीन ओली पक्षका ढकालसँग अध्यक्षमा पराजय बेहोरेका तत्कालीन माधव नेपाल पक्षका खतिवडाले प्रदेश अध्यक्षमा पार्टी अध्यक्ष ओलीको साथ पाएर उनलाई पराजित गरेका हुन् । पार्टी अध्यक्ष ओलीको प्रथम कोशी प्रदेश अधिवेशनमा सर्वसम्मत गर्ने निर्देशनलाई…
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । तीन वर्ष कालोसूचीमा पर्नेहरुमा सकिल हैदर नेतृत्वको एम/एस सकिल हैदर इन्जिनियर्स एण्ड कन्सट्रक्सन, दीपक सापकोटा नेतृत्वको एम/एस शंकरमाली निर्माण सेवा र धर्मराज भण्डारी नेतृत्वको एम/एस सुनौला खिम्ती कन्सट्रक्सन छन् । यी कम्पनीहरुलाई दोलखाको सडक सुधार तथा विकास योजना कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । यसैगरी तीन वर्ष कालोसूचीमा परेका अन्यमा…