Author: Scoop Khabar

काठमाडौं । प्रहरीले विद्युतीय सिगरेट (भेप) मार्फत भएको तस्करीको सुन प्रकरणमा तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालकलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ९ किलो सुन तसकरी प्रकरणमा तस्कर समूहका वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको हो । उनी केहीदिन अघि नै पक्राउ परेको बताइएको छ ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो । उक्त भेपमा सुन रहेको अनुसन्धानपछि खुलेको थियो । गोदाममा राखिएका बेला त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बा समेतको मिलेमतोमा भेप साटफेर…

थप

बर्दिबास । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन् ।  मन्त्री श्रेष्ठले प्रदेशका ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय र सम्बन्धीत अधिकारीमार्फत सुरक्षा अवस्था,व्यवस्था,समस्या र चुनौतिहरुबारे रिपोर्टिङ लिएको उनको सचिवालयले जनाएको छ । महोत्तरीको बर्दिबासमा आयोजित‘समसामयिक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय अन्र्तक्रिया’ कार्यक्रममा ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ– आफ्नो प्रदेशमा देखिएका समस्या बारे जानकारी गराएका छन् । कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको, मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा बाधा खडा…

थप

काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी कर्मचारीहरुको लागि काज सम्बन्धि नयाँ मापदण्ड तयार गरी कार्यान्वयन गर्न देशभरका इकाईहरुलाई सोमबार परिपत्र गरेको छ ।  व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नो अनुकुल कार्यालयमा काज कार्यरत रहने प्रबृत्तिलाई निरुत्साहित गर्ने गरी काज सम्बन्धि नयाँ मापदण्ड तयार पारेको हो । वास्तविक समस्या भएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई अधिकतम ६ महिना अवधिको लागि आफुलाई पायक पर्ने कार्यालयमा काजमा कार्यरत रहन निवेदन दिनसक्ने र उक्त समस्यालाई मध्यनजर गरी विभागले ६ महिना अवधिसम्म मात्र काज स्वीकृत गर्नेछ । काज स्वीकृत भएका कर्मचारीहरुले ६ महिना भन्दा बढि काज बस्नको लागि कबुलियतनामाको फाराम भरी दस्तखत गर्नुपर्ने तथा…

थप

काठमडौं । अभिनेता अनमोल केसीले ‘रावायण’ फिल्ममा काम गर्ने भनेर गत साउनमा पेस्कीबापतको १० लाखको चेक फिर्ता गरेका छन् । विवाद अदालतसम्म पुगेपछि अन्त्यमा आएर अनमोलले निर्माण टिमलाई नै पारिश्रमिक फिर्ता गरेका हुन् । निर्देशक सुदर्शन थापाकी श्रीमती तथा निर्मात्री सुप्रिया कटुवालले असोज ८ गते आपराधिक विश्वासघातको आरोपमा १ करोड १५ लाख क्षतिपूर्ति माग गर्दै अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यही आधारमा उनी असोज १२ गते उनी पक्राउ परे । असोज १४ गते प्रहरीले उनलाई हाजिरी जमानीमा रिहा गर्‍यो । रिहा भएकै भोलिपल्ट अनमोलले निर्मातालाई आफूले लिएको १० लाख फिर्ता गरेका हुन् ।

थप

काठमाडौं । सामाजिक विभेद, दलन र आत्मसम्मानमाथि चोट खान अभिशप्त वादी समुदायबाट आएर सबैको साथ र सहयोगमा माथि उठेकी पात्र हुन् देवीसरा वादी । ‘खुकुरीको चोट अचानो’लाई मात्र थाहा हुन्छ भनेजस्तो यो समुदायले झेलेको भुक्तमान र पीडा उनले जति अन्य समुदायकाले सायदै बुझ्न सक्लान् । त्यसैले पनि तिनको घाउमा मल्हम लगाउने काम अन्यले भन्दा उनले राम्रोसँग गर्न सक्थिन् । यो उनको धर्म र कर्तव्य पनि थियो । गोकर्णेश्वर–६, काठमाडौंमा यही प्रयोजनार्थ उनले हिमालयन इन्टरप्रेनर्स रिसोर्सेस नामको संस्था सञ्चालन पनि गर्दै आइरहेकी छन् । वादी सदुदायको उत्थानमा सहयोग पुर्याउन खोलिएको संस्थालाई पत्याएर दाताले कुस्ता रकम उनको संस्थालाई खन्याइरहेका छन् । तर…

थप

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवै जनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए । घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ ।

थप

काठमाडौं । मंगलबार बझाङमा गएको भूकम्पका कारण खसेको पहिरोमा परि बेपत्ता एक महिलाको शव भेटिएको छ । टिमुर टिप्न हिजो दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी गुनदेवी धामीको शव भेटिएको हो । पहिरोमा च्यापिएको अवस्थामा रहेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय, बझाङबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको थियो । भूकम्पबाट बझाङमा मात्रै १८ जना घाइते भएका छन् । भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको तथ्याङ्क छ । भूकम्पपछि गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग अहिलेसम्म खुल्न…

थप

काठमाडौ । मंगलबारको भूकम्पपछि बझाङ, बैतडी, डोटी, बाजुरा, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा जिल्लाका प्रभावित पीडितले खुला चौरमा रात बिताएका छन् । पटक–पटक परकम्प गइरहेकाले स्थानीयबासिन्दा रातिदेखि घरबाहिरै खुला चौरमा बसेका हुन् । केही घरमा क्षति भएको र फेरि भूकम्प आउन सक्ने डरका कारण उनीहरु घरबाहिर बसेका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार भूकम्प पीडितलाई विद्यालय तथा सार्वजनिक ठाउँ र खुला चौरमा राखिएको छ । उनीहरुलाई ४० वटा पाल वितरण गरी टेन्टमा राखिएको हो । उनीहरुको खाने र अस्थायी रुपमा बस्नका लागि स्थानीय पालिकाको समन्वयमा व्यवस्थापन भइरहेको छ । बझाङमा मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव…

थप

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) सँगको सहकार्यमा सफ्टेड ग्रुपले ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । सूचना प्रविधि विषयको स्नातक तहमा ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।  यसका लागि इक्यान र सफ्टेड ग्रुप अन्तर्गतको सनवे कलेजबीच सम्झौता भएको छ । इक्यान अध्यक्ष शेषराज भट्टराई र सफ्टेड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठसहित सफ्टेड ग्रुपका निर्देशक प्रमोद पौडेल, सनवे कलेजका हेड अफ अपरेसन सिमोली गौतम देशइ, इक्यानका महासचिव दीपकराज भुसाल र कार्यसमिति सदस्य उमा खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सन् २०२३ नोभेम्बर तथा २०२४ को मार्च सेसनका लागि सूचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति…

थप

बसन्त बहादुर कुँवरले ८० हजार फौज रहेको नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेको २१ महिना पूरा भएको छ । सरकारले कुँवरलाई १० चैत २०७९ मा नियुक्त गरेको हो । प्रहरीको नेतृत्वमा कुँवर आएपछि के भयो, के भएन ? भनेर लेखाजोखा हुन थालेको छ । त्यसैले प्रहरीभित्र एउटा ‘बसन्त समय’ उदय भएको दाबी गर्नेहरू पनि कमी छैनन् । उनले नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेपछि आलोचना वा समर्थन जे देखिए पनि आन्तरिक परिवर्तनका लागि संगठनभित्र भने ‘बसन्त समय’का रूपमा भने चर्चा पाउन थालेको हो । प्रहरी महानिरीक्षक (आईजी) कुँवरलाई प्रहरी संगठनभित्र ‘रोल मोडल’का रूपमा चित्रण गर्न थालिएको छ । आईजी कुँवरलाई विगतदेखि नै…

थप