काठमाडौं । प्रहरीले विद्युतीय सिगरेट (भेप) मार्फत भएको तस्करीको सुन प्रकरणमा तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालकलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ९ किलो सुन तसकरी प्रकरणमा तस्कर समूहका वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको हो । उनी केहीदिन अघि नै पक्राउ परेको बताइएको छ ।
।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो । उक्त भेपमा सुन रहेको अनुसन्धानपछि खुलेको थियो ।
गोदाममा राखिएका बेला त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बा समेतको मिलेमतोमा भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरिएको खुलेको थियो ।
Facebook Comments Box
