काठमडौं । अभिनेता अनमोल केसीले ‘रावायण’ फिल्ममा काम गर्ने भनेर गत साउनमा पेस्कीबापतको १० लाखको चेक फिर्ता गरेका छन् ।
विवाद अदालतसम्म पुगेपछि अन्त्यमा आएर अनमोलले निर्माण टिमलाई नै पारिश्रमिक फिर्ता गरेका हुन् ।
निर्देशक सुदर्शन थापाकी श्रीमती तथा निर्मात्री सुप्रिया कटुवालले असोज ८ गते आपराधिक विश्वासघातको आरोपमा १ करोड १५ लाख क्षतिपूर्ति माग गर्दै अनमोलविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।
त्यही आधारमा उनी असोज १२ गते उनी पक्राउ परे । असोज १४ गते प्रहरीले उनलाई हाजिरी जमानीमा रिहा गर्यो । रिहा भएकै भोलिपल्ट अनमोलले निर्मातालाई आफूले लिएको १० लाख फिर्ता गरेका हुन् ।
Facebook Comments Box