Author: Scoop Khabar

वीरगञ्ज । महोत्तरीको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा ५० रुपैयाँको सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुई जना साथीले छुरा हानेर हत्या गरेका हुन् । बुधवार राति गाउँमै लागेको दसैँ मेला हेर्न गएका वसन्तले मेलामा ५० रुपैयाँमा एउटा सिक्री किनेका थिए । सोही सिक्री लगाएर फोटो खिच्ने भन्दै उनीसँगै गएका साथी दीपक मल्लिकले वसन्तको सिक्री लिएर फोटो खिचेका थिए । तर, फोटो खिचिसकेपछि वसन्तले आफ्नो सिक्री माग्दा दीपकले नदिएपछि झगडा भएको र पछि दीपक र अर्का…

थप

काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका–६, मा एकैपरिवारका ४ जनाको हत्या भएको छ । स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ । ‘परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसक्रममा घरमा आउँदा रगत देखेपछि प्रहरीलाई खबर गरेका हुन्’, थापाले भने, ‘शुक्रबार बिहान पौने १० बजेतिर खबर आएपछि घटनास्थलमा पुगेर अनुसन्धान थालेका छौं ।’ प्रहरीका अनुसार, मृत्यु हुने अन्यमा श्रीदेवीकी ११ वर्षीया छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर छन् ।

थप

काठमाडौ । बडा दशै २०८० को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले असोज ९ गते सशस्त्र प्रहरी कर्मचारीहरुलाई टिका तथा प्रसाद प्रदान गरेका छन् ।   दशैको अवसरमा अयोजना गरिएको कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु र महिला संघका उपाध्यक्षहरुले समेत सोही अवसरमा टिका तथा प्रसाद प्रदान गरेका थिए । कार्यक्रममा उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालका वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

थप

काठमाडौ । इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन् । कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका डिएसपी तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए । चक्कु लागेपछि डिएसपी तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । डिएसपी डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए । सो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा डिएसपी…

थप

काठमाडौं ।  ६८औं प्रहरी दिवस २०८० का अवसरमा नेपाल प्रहरीद्वारा आयोजित पुनर्मिलन कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यलयमा मंगलबार सम्पन्न भएको छ ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवर एवम् वरिष्ठ प्रहरी अधिकृतहरू र अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरुबीच प्रहरी दिवस २०८० तथा विजया दशमी, तिहार र छठ पर्वको शुभकामाना आदान प्रदान गरिएको थियो । पुनर्मिलन कार्यक्रममा आईजी कुँवरले अग्रज प्रहरीद्वारा आ-आफ्नो कार्यकालमा भएका अथक प्रयासहरूको सम्मान गर्दै उक्त प्रयासलाई आगामी पुस्ताले समेत निडरताका साथ निरन्तरता दिई अगाडि बढ्ने बताए । नेपाल प्रहरीले कार्यान्वयनमा ल्याएको नेपाल प्रहरी कार्ययोजना,२०८० लाई प्राथमिकतामा समावेश गरेको उल्लेख गर्दै त्यस विषयमा अग्रजहरूको अनुभव,…

थप

काठमाडौ । प्रवासी गोरखालीहरुको साझा संस्था ‘ग्लोबल गोरखा समाज’ को ७ औँ बार्षिक साधारण सभा तथा अक्षयकोष स्थापनार्थ कार्यक्रमको सम्पन्न भएको छ । सोमबार समाजले अक्षयकोषका लागि लाखौँ रुपैँया सहयोग रकम संकलन गर्दै ७औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रमको अबसरमा संस्थाको वृद्धि विकासमा टेवा पुर्याउन स्थापना कालदेखि विभिन्न पदमा रही योगदान पुर्याएका कार्यसमिति तथा संस्थालाई सम्मान पनि गरिएको छ । सम्मानीत भएकाहरु मध्य समाजका प्रमुख संरक्षक जर्मनका अवैतनिक राजदुत राम प्रताप थापा, एनआरएनका पूर्व अध्यक्ष भवन भट्ट, समाजका संस्थापक अध्यक्ष जयप्रकाश गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष एवं एनआरएनका उपमहासचिव विनय अधिकारी, संस्थाका संस्थापक महासचिव एवं सल्लाकार विनोद पोखरल…

थप

काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ । चाडबाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र काठमाडौं उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले सर्वसाधारणमा सचेतना र चनाखो हुनका लागि अपिल जारी गरिएको जानकारी दिए । उनका अनुसार प्रहरीले बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान अनुरोध गरिएको छ । जारी अपिलमा नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा…

थप

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई उत्कृष्ट सृजनशील कार्य पुरस्कार प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको अनुगमन तथा मूल्याङ्कनबाट सातवटै प्रदेश प्रहरी कार्यालयमध्ये ढकाललाई उत्कृष्ट सिर्जनशील कार्य पुरस्कार प्रदान गरिएको हो । डीआईजी ढकाललाई मंगलबार ६८ औँ प्रहरी स्थापना दिवसको अवसरमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पुरस्कार प्रदान गरे । कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेयता ढकालले ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ मार्फत घरघरमा ‘स्टिकर टाँस’ अभियान सञ्चालन गरेका थिए । उक्त अभियान अन्तर्गत प्रदेशका सबै ३ लाख ६६ हजार हजार घरधुरीमा स्टिकर टाँस गरिएको प्रदेश प्रहरीको दावी छ । यसका साथै डीआईजी…

थप

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा भएको छ । हाल नगर प्रहरी उपरीक्षक (एसपी)  रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका वैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पद दिने निर्णय गरेको हो । महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान छ । सोही अनुसार कार्यपालिका वैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रस्ताव गरेको ३ जना एसपीको नाममध्ये पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय भएको हो । समितिले एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णु जोशी र ३ नम्बरमा दिनेश अर्यालको नाम सिफारिस गरेको थियो । कार्यसम्पादन मुल्यांकन, वरियताको आधारमा पाण्डेको नाममा निर्णय भएको हो ।

थप

काठमाडौं । ६८ औं प्रहरी दिवसको अवसरमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले ‘उत्कृष्ट प्रहरी व्यवस्थापक’ पुरस्कार पाएका छन् । जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख रहेका एसपी मिश्रले आफ्नो जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्न कुशल व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै बागमती प्रदेश प्रहरी कार्यालयले उनलाई ‘उत्कृष्ट व्यवस्थापक’ पुरस्कार प्रदान गरेको हो । कार्यालय व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेकाले एसपी मिश्रलाई ‘उत्कृष्ट व्यवस्थापक’ पुरस्कार प्रदान गरिएको प्रदेश कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) किरण राणाले जानकारी दिइन् । एसपी मिश्रले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको हातबाट पुरस्कार ग्रहण गरेका हुन् ।

थप