काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका–६, मा एकैपरिवारका ४ जनाको हत्या भएको छ । स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ ।
‘परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसक्रममा घरमा आउँदा रगत देखेपछि प्रहरीलाई खबर गरेका हुन्’, थापाले भने, ‘शुक्रबार बिहान पौने १० बजेतिर खबर आएपछि घटनास्थलमा पुगेर अनुसन्धान थालेका छौं ।’
प्रहरीका अनुसार, मृत्यु हुने अन्यमा श्रीदेवीकी ११ वर्षीया छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर छन् ।
Facebook Comments Box
