काठमाडौ । बडा दशै २०८० को अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले असोज ९ गते सशस्त्र प्रहरी कर्मचारीहरुलाई टिका तथा प्रसाद प्रदान गरेका छन् ।
दशैको अवसरमा अयोजना गरिएको कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु र महिला संघका उपाध्यक्षहरुले समेत सोही अवसरमा टिका तथा प्रसाद प्रदान गरेका थिए ।
कार्यक्रममा उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालका वहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


Facebook Comments Box
