काठमाडौं । ६८ औं प्रहरी दिवसको अवसरमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले ‘उत्कृष्ट प्रहरी व्यवस्थापक’ पुरस्कार पाएका छन् ।
जिल्ला प्रहरी कार्यालय, धादिङका प्रमुख रहेका एसपी मिश्रले आफ्नो जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्न कुशल व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै बागमती प्रदेश प्रहरी कार्यालयले उनलाई ‘उत्कृष्ट व्यवस्थापक’ पुरस्कार प्रदान गरेको हो ।
कार्यालय व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेकाले एसपी मिश्रलाई ‘उत्कृष्ट व्यवस्थापक’ पुरस्कार प्रदान गरिएको प्रदेश कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) किरण राणाले जानकारी दिइन् ।
एसपी मिश्रले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको हातबाट पुरस्कार ग्रहण गरेका हुन् ।
Facebook Comments Box
