Author: Scoop Khabar

काठमाडौं । नबिल बैंकले जिडब्लुएमका गाडी किन्न फाईनान्सिङ सुविधा अर्थात लोन दिने भएको छ । लोन दिने सम्बन्धमा बैंक र जिडब्लुएम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रा.लि. बीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा भिजी इम्पेक्स–जिडब्लुएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंकको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई कम्पनीबीच जिडब्लुएमको इन्टरनल कम्बसन इन्जिन (आईसीई) सवारीसाधनहरु ९हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता भएको बैंकले जनाएको छ । अब ग्राहकहरुले नबिल बैंक मार्फत कुनैपनि जिडब्लुएमका गाडी खरीद गर्दा…

थप

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ०३ पैसा र बिक्री दर १४२ रूपैयाँ ६८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ४७ पैसा र बिक्री दर १६६ रूपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर…

थप

काठमाडौँ । साउन १ गतेदेखि कार्यान्वयनमा जाने तयारी वस्तुको आयातमा लेवलिङ प्रणालीको सन्दर्भमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चासो देखाएको छ । शुक्रवार अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वमा गएको नाडाका प्रतिनिधिहरूले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई भेटी स्पेयर पार्टहरूको सन्दर्भबारे जिज्ञासा राखेका हुन् । साउन १ गतेदेखि पैठारी हुने तयारी माल बस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता माल वस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने भन्ने विषयमा अटो स्पेयर पार्टस्हरुमा कार्यान्वयन कठिन हुने नाडाको भनाइ रहेको छ । छलफलमा अध्यक्ष थापाले सो व्यवस्था सम्बन्धमा जिज्ञासा राख्दै उल्लेखित विषय कुन क्षेत्रमा लागू गर्ने भनिएको…

थप

काठमाडौँ । सनराइज क्यापिटल लिमिटेड र समाज डेण्टल हस्पिटलबीच सहकार्य गर्ने सम्बन्धमा आज द्धिपक्षीय सम्झौता भएको छ । सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरेबीच द्धिपक्षीय सम्झौता भएको हो । सनराइज क्यापिटलले समाज डेण्टल हस्पिटलका कर्मचारी ग्राहकहरुलार्ई प्रदान गरिने सहुलियतहरु: निःशुल्क डिम्याट खाता खोल्ने सुविधा ।डिम्याट खोलिएको एक आ.व.को डिम्याट शुल्कमा छुट ।पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५०% तथा पर्फरमेन्स शुल्मा २०% छुट ।निःशुल्क पोर्टफोलियो परामर्श सेवानिः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवाआवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था गरिने । समाज डेण्टल हस्पिटलले सन्राइज क्यापिटल लि.का कर्मचारी ग्राहकहरुलाई प्रदाद गरिने…

थप

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत…

थप

काठमाडौं । नबिल बैंकले ‘नबिल ग्रीन विक’ का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको अवसरमा अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा बैंकको प्रधान कार्यालयमा दिगोपनप्रति प्रतिबद्धता सहितको एसडिजी गोल्स पेन्टिङ अनावरण गरी ‘नबिल ग्रीन विक’ अभियानको उद्घाटन गरेका हुन् । बैंकले १५ असारदेखि २१ असारसम्म नबिल ग्रीन विकमा केन्द्रित कार्यक्रम राखेको छ । यो साताव्यापी उत्सवमा नबिलले लाजिम्पाट–पानीपोखरी–महाराजगञ्ज सडकखण्डमा वृक्षारोपण गर्ने, हरियो पहिरन लगाउने, टिकटक अभियान सञ्चालन गर्ने योजना बनाएको छ । नबिलको मुख्य कार्यालय परिसरमा दिगो उत्पादन र साझेदारहरूको अभ्यासलाई प्रवर्द्धन गर्न प्रदर्शनी गर्ने कार्यक्रम रहेको बताइएको छ ।

थप

म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले मेसन माउन्टलाई चेल्सीबाट अनुबन्ध गर्ने सहमति गरेको छ । बेलायती सञ्चारमाध्यमका अनुसार युनाइटेडले ५ वर्षका लागि इंग्ल्याण्डका मिडफिल्डरलाई अनुबन्ध गर्नेछ । यसका लागि क्लबले ५.५ करोड करोड पाउन्ड र थप ५० लाख पाउन्ड एडअनका रुपमा तिर्नेछ । २४ वर्षीय खेलाडी यो सिजन एरिक टेन हागको पहिलो अनुबन्ध हुनेछन् । आगामी सिजनको च्याम्पियन्स लिगमा टोली छनोट भएसँगै उनी आफ्नो टोलीलाई थप सशक्त बनाउने प्रयासमा छन् । उता गत सिजन ६० करोड खर्चेको चेल्सीले फाइनान्सियल फेयर प्लेका लागि ३० जुनभन्दा अघि खेलाडीहरुलाई बेच्नुपर्ने बाध्यतामा रहेको छ । यसअघि चेल्सीले युनाइटेडले राखेको तीनवटा अफरहरु अस्वीकार गरेको थियो । माउन्ट…

थप

काठमाडौं । पोल्यान्डमा व्यावसायिक आइस हकी खेलिरहेका एकजना खेलाडीमाथि रुसको जासुस भएको आरोप लागेको छ । पोल्यान्डको मेजर लिग हकी प्रतियोगिता खेल्ने ती खेलाडीले लामो समयदेखि रुसको जासुसका रुपमा काम गरिरहेको आरोप वार्साका अधिकारीहरुले लगाएका हुन् । वार्साका अधिकारीहरुले ती खेलाडी नाम भने सार्वजनिक गरेका छैनन् । उनीहरुले ती खेलाडीमाथि छानबिन भइरहेको जनाएका छन् । ती खेलाडी रुसको नागरिक भएको पनि समाचारमा जनाइएको छ । अन्य कुनै विवरण सार्वजनिक गरिएको छैन । ती खेलाडीलाई जुन ११ तारिखमा पोल्यान्डको दक्षिणी सहर सिलेसियाबाट सुरक्षा अधिकारीले पक्राउ गरेको समाचारमा जनाइएको छ । पोल्यान्डको आन्तरिक सुरक्षा समिति (एबीडब्लू) ले अन्य केही ब्यक्तिमाथि पनि छानबिन…

थप

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगमी असोजमा हुने भएको छ । शुक्रबार बसेको बोर्ड बैठकले साउनमा जिल्ला, भदौमा प्रदेश र असोजमा केन्द्रतको चुनाव गर्ने निर्णय गरेको हो । जिल्लाको निर्वाचन साउन मसान्तसम्म गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेशको निर्वाचन भदौ १० गतेसम्म गर्ने निर्णय गरेको छ । केन्द्र अर्थात क्यानको निर्वाचन असोज ५ र ६ गर्ते हुने भएको छ । त्यस्तै क्यानले मुलपानी माथिल्लो मुलपानी मैदानको नामकरण गरेको छ । क्यानका पूर्वअध्यक्ष स्वर्गिय जयकुमार नाथ शाहको नामबाट जय कुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान राख्ने निर्णय गरेको जनाएको छ । क्यानले जनरल म्यानेजर वृतान्त खनालको राजीनामा स्वीकृत…

थप

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले माथिल्लो मुलपानी क्रिकेट मैदानको नामकरण गरेको छ । क्यानले पूर्व स्वर्गिय अध्यक्ष जयकुमार नाथ शाहको नामबाट राख्ने भएको छ । अब माथिल्लो मुलपानीको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुने भएको शुक्रबार बसेको क्यानको बैठकले उक्त निर्णय गरेको जनाएको छ । गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएको थियो । यसअघि नेपालले उमेर समूह र सिनियरको अन्तर्राष्ट्रिय गरि कुल ६ मैदानमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । टियु नेपालको एकमात्रै पूर्ण अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रिकेट मैदान हो । मुलपानी ओडिआई मान्यता…

थप