काठमाडौं । प्रहरी प्रधान कार्यालयले चिनीको अभाव हुन नदिन प्रहरीको सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेको छ ।
तिहारको मुखमा बजारमा कृत्रिम अभाव सृजना गरी चिनीको अभाव भएको जनगुनासो आएपछि प्रधान कार्यालयले सम्पूर्ण इकाइहरुलाई सक्रिय परिचालन गरेको हो ।
यस्तै प्रधान कार्यालयले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा प्रहरीको निःशुल्क हटलाइन १०० मा सम्पर्क गर्न आग्रह गरेको छ ।
प्रहरीले बिहीबार एक सूचनामार्फत चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरेको हो ।
Facebook Comments Box
