Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
चितवन । जिल्ला प्रहरी कार्यालय, चितवनको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) भावेश रिमालले सम्हालेका छन् । सोमबार कार्यालयमा हाजिर भएर एसपी रिमालले चितवन प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका हुन् । गत बुधबार प्रहरी प्रधान कार्यालयले जिम्मेवारी हेरफेर गर्दै एसपी रिमाललाई चितवन प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो । देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल मानिन्छ । विभिन्न स्थानमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका रिमाल संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रीराम भण्डारीले स्वागत गरेका थिए । कमाण्ड सम्हाल्दै एसपी रिमालले जिल्लामा हुने हरेक अपराधीक कार्यमा कसैको दवाव र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने…
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले पाएका छन् । काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र बहादुर खत्रीले सोमबार एसपी अधिकारीलाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् । जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न एसपी अधिकारीलाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका एसपी उपरीक्षक कुमोद ढुंगेलको जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा भएको छ । अधिकारी भने यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए ।
काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सर्लाहीको कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले पदभार ग्रहण गरेका छन् । प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत बुधबारको पत्रादेशले सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी पाएका ज्ञवालीले सोमबार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन् । प्रहरी उपरीक्षक ज्ञवालीले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन् । सर्लाही जिल्ला अति संवेदनशील जिल्ला हो । जहाँ तस्करीदेखि गुण्डागर्दीसम्म हुने गर्छ । पदभार ग्रहण गर्दै स्कुपखबरसँगको कुराकानीमा एसपी ज्ञवालीले जिल्लामा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सूचना पाउने बित्तिकै एक्सन लिने विश्वास दिलाए । उनले आफूसँग…
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि नै भट्टले आयल निगमको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन् । भट्टको कार्यकालमा २०७१ असोज १३ गतेदेखि अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको थियो । यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ अनुसार आयल निगमको कार्यकारी निर्देशक छनोटका लागि गठित समितिले तीनजनाको नाम सिफारिस गरेको थियो । समितिको फागुन ५ गतेको निर्णयअनुसार आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा…
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । जिल्ला प्रहरी कार्यालय, झापा प्रमुखमा सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) मिलन केसीले आफ्नो कार्यभार सम्हालेका छन् । जिल्लाबाट एसपी दुर्गाराज रेग्मीको सरुवा भएपछि उनको ठाउँमा केसीको सरुवा भएको हो । एसपी केसी आइतबार झापा पुगेका हुन् । एसपी केसी प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा समेत आफुलाई परिचित गर्न सफल छन् । उनी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँ-नयाँ अभियानको सिर्जना गर्ने क्षमतावान बौद्धिक प्रहरी अधिकृतका रुपमा समेत परिचित छन् । झापा जिल्ला सुरक्षाको दृष्टिकोणबाट संवदेनशिल मानिन्छ । कमाण्ड सम्हाल्दै एसपी केसीले झापा जिल्लालाई सुरक्षाको दृष्टिकोण नमूना बनाउन उत्कृष्ट काम गर्न र जिल्लामा शान्ति सुरक्षा कायम…
काठमाडौं । गत बुधबार राति नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भयो । यो पल्ट अन्य सरुवाहरुमा जस्तो एसपी सरुवा विवादित भएन । केही एसपीहरु जिल्ला इन्चार्ज जान खोजेका थिए, जान पाएनन् । तरपनि उनीहरुले असन्तुष्टि जनाएनन् । पछिल्लो समय हुने प्रायः सरुवा सबै विवादित थियो/बन्यो । यसअघि प्रहरी प्रधान कार्यालय वा गृह मन्त्रालयले गर्ने निर्णयमा कोही न कोहीले असन्तुष्टि जनाउने गरेका थिए । तर, योपटकको सरुवामा कसैले असन्तुष्टि नजनाएपछि संगठन प्रमुखको प्रशंसा भएको छ । योपटक २५ जिल्लाका मात्र प्रमुख परिवर्तन हुँदै थियो । सिमित जिल्लाहरुको मात्र प्रमुखको सरुवा हुने भएपछि अधिकांश एसपीहरु दौडधुपमा त थिए ।…
काठमाडौं । आइतबार साँझ प्रहरी प्रभाग बलम्बुमा गोली चलेको छ । प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पेस्तोलबाट गोली चलेको हो । सो पेस्तोलबाट चलेको गोलीले उनकै ‘बडीगार्ड’ सिपाही आशिष जैसवाल घाइते भएका छन् । डिउटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको हो । बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ । उनको अवस्था खतरामुक्त रहेको काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले बताए । इन्स्पेक्टरमाथि के कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको एआईजी थापाले बताए । घटना अनुसन्धानका निम्ति इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य तामाङविरुद्ध आयोगले विशेषसमक्ष ११ करोड ९ लाख १७ हजार चार सय ५८ रुपैयाँ ८८ पैसाको बिगो मागदावी लिएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ (१) र ३ (१) (झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असुल हुन समेतको मागदाबी लिइएको आयोगका प्रवक्ता एवम् सहसचिव नरहरि…
काठमाडौं । नेपाल प्रहरीले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनलाइनबाटै लिने व्यवस्था गरेको छ । पछिल्लो ७ महिनामा साढे ५ लाखले अनलाइनबाटै सेवा लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) उपलब्ध गराएको जनाएको छ । सो अवधिमा ७ लाख १० हजार ९४४ जना नेपाली तथा विदेशी नागरिकहरूबाट अनलाइन आवेदन प्राप्त भएका थिए । तीमध्ये १ लाख ४४ हजार २१२ वटा आवेदन रद्द भएका थिए भने १६ हजार ६ सय ७२ आवेदन कार्यान्वयनको क्रममा रहेका छन् । विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र लिनका…