काठमाडौं । आइतबार साँझ प्रहरी प्रभाग बलम्बुमा गोली चलेको छ । प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पेस्तोलबाट गोली चलेको हो ।
सो पेस्तोलबाट चलेको गोलीले उनकै ‘बडीगार्ड’ सिपाही आशिष जैसवाल घाइते भएका छन् । डिउटी सकेर हतियार बुझाउने क्रममा गोली चलेको हो । बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ ।
उनको अवस्था खतरामुक्त रहेको काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले बताए । इन्स्पेक्टरमाथि के कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको एआईजी थापाले बताए ।
घटना अनुसन्धानका निम्ति इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
Facebook Comments Box
