Author: Scoop Khabar

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा १३ औं ‘इन्डो-प्यासिफिक’ सम्मेलनमा सहभागी हुन भारतको नयाँदिल्ली जाँदैछन् । भारतको नयाँदिल्लीमा ८ देखि १० असोजसम्म हुने सम्मेलनमा सहभागी हुन शर्मा आइतबार त्यसतर्फ जान लागेका हुन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले सम्मेलनमा नेपालको नियमित सहभागिता रहँदै आएको र यसपटकको सहभागिता पनि त्यसैको निरन्तरता भएको बताएका छन् । भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह-आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश र्फकने कार्यक्रम छ । पहिले ‘प्यासिफिक कमान्ड’ भनिने यो संगठनलाई गएको चार वर्षदेखि ‘इन्डो-प्यासिफिक’ भनिएको छ । ‘इन्डो-प्यासिफिक’ अमेरिका सहितका देशहरूको सैन्य रणनीति हो । सम्मेलनमा सहभागी…

थप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारप्रति कटाक्ष पनि गरे । ‘सुन फल्छ भनेर यहाँ काठमाडौं आएको, यहाँ त नुन पनि पाइँदो रहेनछ भन्ने कसैले भनेका छन् । तर यहाँ त (ब्रेक सु) मा सुनैसुन । भेपमा सुनैसुन । सिग्रेट खान खोज्यो सुनैसुन । पानी चलाउने मोटर ल्यायो, सुनैसुन । जे…

थप

बारा । बारा प्रहरीले करिब एक करोड मुल्य बराबरको सामानसहितको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । बारा प्रहरीले वीरगञ्ज नाका हुँदै भित्रिएको सामानसहितको गाडी जितपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजमा नियन्त्रणमा लिएको हो । ३ वटा ट्रकमा लोड गरिएको सामानको बिलबिजक नभएको प्रहरीले जनाएको छ । वीरगञ्जबाट काठमाडौंर्फ जाँदै गरेको ना ६ ख ००८० नम्वरको ट्रकमा करिब २३ लाख १ हजार ८ सय २६ मुल्यको खुद्रा सामान रहेको प्रहरीको भनाई छ । त्यसैगरी ना ३ ख ७३११ नम्वरको ट्रकमा समेत २३ लाख २७ हजार १ सय ६० रुपैयाँ मूल्य बरावरको सामान रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रहरीले…

थप

काठमाडौ । बारामा एक ११ बर्षकी अशक्त बालिकामाथि जबरजस्ती करणी भएको छ । बोलीसम्बन्धी अपाङ्गता भएकी बालिकामाथि जबरजस्ती करणी भएको प्रहरीले जनाएको छ । शुक्रवार दिउँसो ती बालिकामाथि राना साइँला भन्ने सोम बहादुर लुम्बाले जबरजस्ती करणी गरेको भन्दै पीडितका अभिभावकले प्रहरीमा जाहेरी दिएका थिए । निजगढ नगरपालिका-१२ का स्थानीय ६० वर्षका लुम्बाले बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडितको परिवारले प्रहरीमा किटानी जाहेरी दिएका हुन् । जाहेरीपश्चात् लुम्बालाई शुक्रवार राती ११:०० बजे नै अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । न्यौपानेका अनुसार पीडित बालिकालाई उपचारको लागि कलैया प्रादेशिक अस्पताल पठाइएको छ ।…

थप

काठमाडौ । इलाका प्रहरी कार्यालय महेशपुर, नवलपरासीले ४६ लाख ५० हजार मुल्य बराबरको अवैध मालसामानसहित एक जनालाई पक्राउ गरेको जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले भुजहवादेखि परासी आउँदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनरलाई सरावल-६ गुजरवाटोलमा रोकेर चेकजाँच गर्दा भन्सार छली गरी ल्याएको सामान प्रहरीले बरामद गरेको हो । सामानसहित कन्टेनर चालक सरावल गाउँपालिका- ५ धनगढवा बस्ने बशिष्ठ थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रेशम बोहोराले जानकारी दिए । भन्सार छलीको सामान अबैध रुपमा ल्याउँदै गरेको २७ लाख ५० हजार ६ सय मुल्य…

थप

काठमाडौं । नेपाल प्रहरी नेपालको गैरसैनिक प्रहरी सेवा हो । यसको औपचारिक स्थापना वि.सं २०१२ सालको प्रहरी ऐन जारी भएपछि असोज महिनामा भएको हो । तर, २००७ सालको क्रान्तिपछि नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरुलाई संगठित रुपमा परिचलान गर्न सन् १९५१ प्रहरी प्रधान कार्यालयको स्थापनाको गरिएको थियो । त्यसपछि प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षक (आईजी)लाई दिइएको थियो । तर, हालसम्म नेपाल प्रहरीमा कतिजना आईजी भइसकेका छन् ? त्यस्तै नेपाल प्रहरीका पहिलो आईजी को हुन् ? धेरैलाई थाहा नहुन पनि सक्छ । सोहीबारे हामीले तपाईं पाठकवर्गहरुलाई जानकारी गराउने प्रयास गरेका छौं । १. तोरण शमशेर ज.ब.रानेपाल प्रहरीको पहिलो आईजी…

थप

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको माया गर्ने, जनताको माया गर्ने सबैले कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने पहल गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित ‘संविधान, समाजवाद र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई पनि समाजवादी मोर्चामा ल्याउने आँट गर्नुपर्ने बताएका हुन् । त्यस्तै उनले सरकारमा रहनका लागि समाजवादी मोर्चा गठन नभएको बताएका छन् । सरकारमा जान, मन्त्री खान समाजवादी मोर्चा गठन नभएको उनको स्पष्टोक्ति थियो । महासचिव विप्लवले नेपाल विघटन हुन्छ कि भन्ने अवस्थामा पुगेकाले त्यसलाई जोगाउने उद्देश्यका साथ सो मोर्चामा आफूहरूले भाग लिएको पटकपटक दोहोर्‍याए । उनले भने, ‘नेपाल विघटन हुन्छ…

थप

काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले उपत्यकाको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आयोजना गरेको ‘नागरिक सुनुवाइ–२०८०’ मा ‘सुरक्षित उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) अभियान’मा नेपाल प्रहरी लागेको बताएका हुन् । ‘काठमाडौँ उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने र आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउनका लागि योजना बनाएका छौँ,’ थापाले भने । उनले काठमाडौंमा हुने आपराधिक घटनामा संलग्नलाई कारबाही गर्न प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताउँदै उपत्यकाभित्र सिसी क्यामरा जडानका लागि उपत्यकाका विभिन्न पालिकासँग सहकार्य भइरहेको जानकारी…

थप

काठमाडौं । नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्त विक्रम मल्ललाई पराजित गर्दै पारस सचिव निर्वाचित भएका हुन् । मत गणना जारी रहेपनि पारसले ४३ मत लिएसँगै विजयी हुने पक्का भएको हो । चुनावमा कुल ८४ मत खसेको थियो । जसमा जित्न ४३ मत आवश्यक पर्दछ । पारसले ४३ र प्रशान्त मल्लले ३२ मत लिएका छन् । ८५ मध्य ७५ मत गणना गर्दा पारसले ४३ लिएसँगै जित पक्का भएको हो ।

थप

दाङ । दाङको तुलसीपुरमा दिनदाहाडै एक व्यक्तिले अन्धाधुन्द खुकुरी प्रहार गरि एक महिलाको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुराका ३९ बर्षीय टेकबहादुर हमालले अन्धाधुन्द खुकुरी प्रहार गरेका हुन् । शनिबार दिउँसो सवा दुई बजेतिर घरबाट खुकुरी लिएर निस्केका हमालले घरमै बसिरहेकी छिमेकी ४३ बर्षीया रिता लामिछानेको हत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ठाकुर पोखरेलका अनुसार हमालले अन्धाधुन्द खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै अन्य दुईजना समेत घाइते भएको डिएसपी पोखरेलले बताए । खुकुरी प्रहारबाट स्थानीय अन्दाजी ६५ बर्षीया कमला (चन्द्रकुमारी)…

थप