काठमाडौं । बुधबार बिहान नागार्जुन नगरपालिका-६ स्वयम्भूस्थित सीतापाइलामा भेटिएका ३ जनाको हत्यामा संलग्न भनिएको व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । तीन जनाको सनाखत भएलगत्तै हत्यामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा शव भेटिएको हो ।
श्रीमती र दुई छोरी कोठामै मृत फेला परेकामा श्रीमानपनि नागार्जुन जंगलमा झुन्डिएको अवस्थामा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
जंगलमा मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे भन्ने काजी बिक रहेका छन् । उनी मृतक ईश्वरीको श्रीमान् भएको खुलेको छ ।
राजुले श्रीमती ईश्वरी श्रेष्ठ दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद छ ।
तीनजनाको शव भेटिएपछि प्रहरीले उनको खोजी गरेको थियो । प्रहरीले उनको खोजी गरिररहेका समयमा उनी मृत फेला परेका हुन् ।
यो पनि पढ्नुहोस्…
सितापाइला घटना : घरको मुख्य मान्छे फरार, घटनास्थलमा हतियार भेटियो
स्वयम्भूमा भेटियो तीन जनाको शव, घटनास्थलमा प्रहरी
सीतापाइला घटना : मृतक तीनै जनाको सनाखत
