काठमाडौं । बुधबार बिहान नागार्जुन नगरपालिका ६ स्वयम्भूस्थित सीतापाइलामा भेटिएका ३ जनाको सनाखत भएको छ । मृतकहरु एकै परिवारको रहेको प्रहरीले जनाएको छ ।
उनीहरु एक घरको डेरामा बस्दै आएका थिए । उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ । प्रहरीले घटनास्थलबाट समते घरेलु धारिलो हतियार बरामद गरेको छ ।
उनीहरु हुन्, ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ ।
अहिले घटनास्थलमा प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ । तीनवटै टोलीले संयुक्त अनुसन्धान थालेको छ ।
त्यस्तै घटनास्थलमा मृतककी श्रीमान राजु घिमिरे फेला परेका छैनन् । घटनास्थलमा उनी फेला नपरेको भन्दै प्रहरीले घिमिरेमाथि शंका गरेको छ । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्…
सितापाइला घटना : घरको मुख्य मान्छे फरार, घटनास्थलमा हतियार भेटियो
स्वयम्भूमा भेटियो तीन जनाको शव, घटनास्थलमा प्रहरी
