काठमाडौं । बुधबार बिहान नागार्जुन नगरपालिका ६ स्वयम्भूस्थित सीतापाइलामा भेटिएका ३ जनाको हत्या भएको आशंका गरिएको छ । ३८ वर्षीया महिला तथा उनका ८ र २ वर्षीया छोरीहरु घरको कोठाभित्र मृत फेला परेका हुन् ।
उनीहरु एउटै परिवारका रहेको काठमाडौं प्रहरीले जनाएको छ । उनीहरुको शव भेटिएपनि घरको मुख्य मान्छे फरार रहेको बताइएको छ । घटनास्थलबाट एउटा धारिलो हतियार समेत बरामद भएको छ ।
‘घरेलु हतियार प्रयोग भएको रहेछ । मृतककी श्रीमान धने घटनास्थलमा फेला परेका छैनन् । उनीमाथि शंका छ, फरार रहेकाले उनको खोजीकार्य भइरहेको छ,’ काठमाडौं प्रहरी परिसरका एक अधिकृतले भने ।
यो पनि पढ्नुहोस्…
स्वयम्भूमा भेटियो तीन जनाको शव, घटनास्थलमा प्रहरी
Facebook Comments Box
