Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेको भन्दै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको भनिएका युवकले विषयलाई डाइभर्ट गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । साइबर ब्यूरोले बिहीबार एक विज्ञप्ति प्रकाशन गरेर सामाजिक सञ्जालमा प्रसारित भिडियो भ्रमपूर्ण भएको दाबी गरेको हो । विज्ञप्तिमा भनिएको छ,‘भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको ब्यहोरा सवैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचार प्रसार गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत अनुरोध गरिएको छ ।’ गणेशमान सिंह ठकुरीले बुधबार साँझ सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै आफूले गृहमन्त्री लामिछानेविरुद्ध गरेको टिकाटिप्पणीलाई लिएर ब्युरोले यातना दिएको दाबी गरेका थिए । इलामको होटलबारे सिंहले…
काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति यूएईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका, २ सीतापुरका कमल विश्वकर्मा रहेका छन् । उनी वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति हुन् । एनसीबी आबुधावी यूएईको समन्वयमा विश्वकर्मालाई यूएईमा पक्राउ गरिएको हो । उनलाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
गृहमन्त्री रवि लामिछानेविरुद्ध कमेन्ट गर्दा एक युवकले गरे ब्यूरोको गेटमै ‘विष सेवन’ !
काठमाडौं । जाजरकोटका एक युवकले नेपाल प्रहरीको साइबर ब्यूरोकै गेटमा ‘विष सेवन’ गरेका छन् । गृहमन्त्री रवि लामिछानेविरुद्धमा कमेन्ट गरेकै आधारमा आफूले विष सेवन गरेको ती युवकको दाबी छ । जाजरकोटका गणेशमान सिंह नामका युवकले साइबर ब्यूरोको गेटमै विष सेवन गरेका हुन् । जुनकुरा सिंहले सामाजिक सञ्जालमार्फत् भिडियो सार्वजनिक गरेका छन् । आफूले गृहमन्त्री लामिछानेका विरुद्धमा फेसबुक पेजमा गरेको कमेन्टकै आधारमा साइबर ब्यूरोले टर्चर दिँदा ब्यूरोकै गेटमा ‘औषधी’ सेवन गरेको भिडिओमा सुन्न सकिन्छ । उक्त भिडिओमा आफूले लामिछानेको विरुद्धमा अभिव्यक्ति दिएकै भरमा ब्यूरोले हजारौं प्रश्न सोधेर ६/७ वर्ष सम्म जेल हाल्ने चेतावनी दिँदै सहकारी ठगेको प्रमाण के छ ? गृहमन्त्रीलाई…
इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले मौन अवधिको समयमा आर्थिक चलखेल नगर्न अन्य दललाई चेतावनी दिएका छन् । गृहमन्त्री लामिछानेले इलाममा भएको चुनावी सभामा बोल्दै मौन अवधिलाई मनी अवधि नबनाउन दलहरुलाई चेतावनी दिएका हुन् । गृहमन्त्री लामिछानेले भने,‘मौन अवधि भनेको मनि अवधि भएको कुरा तपाईहरुले सुन्नुभएको छ होला । खबरदार, इलाम र बझाङमा मौन अवधिलाई मनि अवधिको प्रयोग नगरोस् । अधिकार र शक्तिको दुरुपयोग गरेर उम्मेदवारलाई जिताउनु छैन । मिलन लिम्बुलाई जिताएनन् भने पनि जनता जिन्दावाद ।’ निर्वाचन आचार संहिताको पालना गर्न लामिछानेले आग्रह गरे । आचार संहिता उल्लंघन गर्नेलाई कानुनको दायरामा ल्याउने बताए । १५…
काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डिआईजी) नियुक्तिको प्रक्रिया चर्चामा छ । रिक्त तीनवटा डिआईजी पदको लागि दर्जनौं प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रतिस्पर्धामा छन् । काँधमा डिआईजीको फुली लाउन पाउने आकाङ्क्षामा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरका ब्याची, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाका ब्याची र अन्य एसएसपीहरु प्रतिस्पर्धामा रहेका छन् । तर, डिआईजी बढुवामा गृहमन्त्री रवि लामिछाने र आईजीपी कुँवरको एउटै अडान छ नेतृत्व विकास गर्नुपर्छ, हुनुपर्छ । उनीहरुको अडानपछि संगठनमा काविल एवम् क्षमतावान् अफिसरहरूको वृत्तिविकासमा रोकावट हुनेछैन । डिआईजीको लागि आईजीपी कुँवरका ब्याचीहरु हुन् भोला रावल, धु्रवराज राउत र गणेश चन्द । उनीहरु २०५१ चैत ५ मा आईजीपी…
काठमाडौ । काभ्रे प्रहरीले अनलाइनमार्फत् १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दार्चुलाका एक युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुलाको ब्यास गाउँपालिका-६ घर भई हाल काठमाडौँ महानगरपालिका ३१ शान्तिनगरमा डेरा गरेर बस्ने भुवनसिंह धामी छन् । उनलाई केही दिनअघि प्रहरीले पक्राउ गरेको हो । धामीले डोल्पाको ताङसो, गाँउपालिका ६ घर भई हाल काभ्रेको नमोबुद्द नगरपालिका १ मा रहेको नमोबुद्ध गुम्बामा अध्ययन गरी बस्ने १७ वर्षीय कार्मा तेन्जेन गुरूङबाट १९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । धामीले ती किशोरसँग सामाजिक सञ्जालमार्फत् सम्बन्ध स्थापित गरी पटकपटक गरेर खल्ती एपमार्फत् १९ लाख रुपैयाँ ठगी गरेको पाइएको हो । उनले…
काठमाडौं । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१५, टुटुंगाका २९ वर्षीय अर्जुन परियार, पोखरा–१० का २७ वर्षीय विकास अधिकारी र धादिङ घर भई पोखरा बस्दै आएका २९ वर्षीय लोकेन्द्रबहादुर इटनी छन् । उनीहरुले गत २४ चैतमा पोखराको नयाँबजारस्थित एक अनलाइन डेलिभरीको अफिसमा चोरी गरेको पाइएको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताए । शौचालयको सिसा फोडेर भित्र प्रवेश गरी अनलाइन डेलिभरी अफिसको लकर नै बोकेर उनीहरु फरार भएका थिए । उक्त लकरमा ५ लाख ८२ हजार ५८० रुपैयाँ रहेको खुलेको डीएसपी शर्माले बताए । उक्त…
काठमाडौं । बारामा कार्यरत एक प्रहरीले बोकेको अटोमेटिक पेस्तोल नै गायब भएको छ । इलाका प्रहरी कार्यालय अमलेखगन्ज, बाराका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब भएको हो । वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल ( सर्विस रिवल्वर) सोमवार रातिदेखि गायब भएको बारा प्रहरीले जनाएको छ । सई बिसी सोमवार राति गस्तीमा निस्केको र सोही क्रममा उनले बोकेको गोली लोड गरिराखेको पेस्तोल हराएको हो । गोलीमा १० वटा गोली लोड रहेको थियो । पेस्तोल हराएको घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
काठमाडौं । ‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यले २०४१ साल भदौ ४ गते नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफारहित संस्थाको स्थापना भएको हो । यस संघको प्रधान कार्यालय भृकुटीमण्डप काठमाडौंमा रहेको छ । श्रीमान् प्रहरी महानिरीक्षक भएपछि स्वतः श्रीमती सघंको अध्यक्ष बन्ने परम्परा छ । जसकारण प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको श्रीमती लक्ष्मी कुँवर हाल संघको केन्द्रीय अध्यक्ष छिन् । अध्यक्ष कुँवरले २०७९ चैत ११ गतेदेखि संघको कार्यभार सम्हालेकी हुन् । कुँवरको ११ महिनाको कार्यकालमा संघले शिक्षा, स्वास्थ्य, खेलकूद, आर्थिक क्षेत्रको सुधार, विकास र उन्नतिका क्षेत्रमा काम गर्दै आइरहेको छ । यस संघले आफ्नो कार्यकालमा प्रहरी परिवारका महिलालाई मात्र…
काठमाडौं । सवारी दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु भएको छ । गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालिका–६ मा यादव आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले गएराति १ बजे दुर्घटनामा परेका यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा बिहान ६ बजे निधन भएको हो । उनी धनुषाको जनकपुरमा बसेर पत्रकारिता गर्थे । दुर्घटनामा पत्रकार यादवका साथी धनुषाधाम–५ कै करिब ३० वर्षीय लक्ष्मी नारायण यादव पनि गम्भीर घाइते भएका छन् ।