काठमाडौं । सवारी दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु भएको छ ।
गएराति जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने मिथिला नगरपालिका–६ मा यादव आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले गएराति १ बजे दुर्घटनामा परेका यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा बिहान ६ बजे निधन भएको हो ।
उनी धनुषाको जनकपुरमा बसेर पत्रकारिता गर्थे । दुर्घटनामा पत्रकार यादवका साथी धनुषाधाम–५ कै करिब ३० वर्षीय लक्ष्मी नारायण यादव पनि गम्भीर घाइते भएका छन् ।
Facebook Comments Box
