Author: Scoop Khabar

मोरङ । गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभारलगायतका विषयमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ शुरू भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले विराटनगरमा आइतबार आयोजित समारोह बीच उक्त गोष्ठीको उद्‌घाटन गरेका हुन् । उक्त अवसरमा गृहमन्त्री लामिछानेले विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, सरोकारवाला निकाय सँगको समन्वय र समयमै स्रोत साधन उपलब्ध गराउन प्रदेश र स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताए । नीति नियमको अधिनमा रहेर कानून पालना गर्दै उत्कृष्ट काम गर्न उनले निर्देशन दिए । गृहसचिव एकनारायण अर्यालको अध्यक्षतामा संचालित उद्‍घाटन सत्रमा कोशी प्रदेश आन्तरिक…

थप

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘पे वल नेपाल र सजिलो पे’ का ६ जना कर्मचारीलाई पक्राउ गरेको छ । अवैध हुण्डी र सुन, क्रिप्टोको अवैध कारोबारमा जोडिएपछि सीआईबीले दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनीका ६ कर्मचारीलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार पक्राउ पर्नेहरुमा भीमप्रसाद तिमल्सिना, प्रज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा छन् । पक्राउ परेका मध्ये खम्पा मेट्रो अस्पतालमा भर्ना भएका छन् । उनीहरुविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप भएको छ । झण्डै ६१ किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा डिजिटल भुक्तानी कम्पनीहरू पे वेल र सजिलो पे…

थप

काठमाडौ । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ । एकजनाको घटनास्थलमै मृत्यु भएको छ । फिक्कल गाउँपालिका वडा नम्बर-५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा दुई प्रहरी सवार ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका-९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रविन्द्र कुमार ठाकुर र तनहुँको भिमाद नगरपालिका-७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठको मृत्यु भएको हो । असई ठाकुरको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको र हवलदार श्रेष्ठको…

थप

दाङ । दाङमा नेपाली सेनाका जवानले श्रीमतीको हत्या गरेका छन् । शुक्रबार बिहान सवा ८ बजेतिर तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्री टोलमा श्रीमती २७ बर्षीया टीका बुढाथोकीको हत्या पछि उनी फरार भएका हुन । खुकुरी प्रहार गरि शालिकरामले श्रीमति टीकाको हत्या पछि फरार भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीको आरोप छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

थप

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.लाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले गत चैत १२ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै उक्त अस्पताललाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रेपलाञ्चोक, चिकित्सा शिक्षा आयोग सानोठिमी, भक्तपुरलगायतका नाममा परमादेशको जारी गरेको हो । फैसलामा भनिएको छ, “प्रक्रियाअन्तर्गत गठित निरीक्षण टोलीले औंल्याएका मापदण्डअनुसारका जनशक्तिको व्यवस्थापन साथै सो निरीक्षण टोलीले तोकेका कार्यहरू पूरा गर्न लगाइ १५ दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू,…

थप

काठमाडौं । नेपाली सेनाका एक महासेनानीलाई सैनिक प्रहरीले हिरासतमा लिएको छ । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका दिरेन्द्र कुमार मल्ललाई सेनाले सैनिक हिरासतमा राखेको हो । चार महिनाअघि सैनिक सल्लाहकारको रुपमा न्यूयोर्क पुगेका मल्ललाई गत आइतबार सैनिक हिरासतमा राखिएको सैनिक स्रोतले जानकारी दियो । प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई न्यूयोर्कबाट फिर्ता बोलाएर सैनिक हिरासतमा राखिएको स्रोत बताउँछ । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि फिर्ता बोलाएर अनुसन्धान सुरु गरिएको हो । मल्ल ३१ बेसिकका सैनिक अधिकृत हुन् । उनी प्रक्राउ परेको बारे सेनाले अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएको छैन ।

थप

काठमाडौं । कञ्चनपुर कारगारका नाइके, कैदी र प्रहरी एक होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन नाथ, प्रहरी हवल्दार रामसिं धामी र कारागारका कर्मचारी जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा भेटिएका हुन् । बिहीबार उनीहरू कारागारनजिकै एक होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा भेटिएको कञ्चनपुर प्रहरी प्रमख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले पुष्टि गरे । विभिन्न प्रलोभन देखाएर कैदी चन्दले प्रहरी हवल्दार धामी, कारागारका नाइके भुवननाथर र कारागारका कर्मचारी पन्तलाई होटलमा मदिरा सेवन गर्न लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।…

थप

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई ५ दिन हिरासतमा जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । बुधबार साँझ नागार्जुन नगरपालिकाबाट पक्राउ परेका इन्स्पेक्टर शिवाकोटीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्रहरी वृत्त, स्वयम्भुमा पीडित १२ वर्षीया किशोरीको तर्फबाट बिहीबार जाहेरी दर्ता भएको छ । सोही जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान गर्न अदालतबाट शिवाकोटीलाई ५ दिन हिरासतमा राख्न अनुमति पाएको हो । इन्स्पेक्टर शिवाकोटी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् । प्रहरीका अनुसार, तराई मूलकी बालिका ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन् । ४५…

थप

काठमाडौ । एसियाली विश्वकप छनोट दोस्रो चरणमा यूएईले नेपाललाई ४–० ले हराएको छ । यससँगै छनोटमा नेपालको खराब प्रर्शन कायम रह्यो । नेपालले छनोटको दोस्रो चरणका सबै पाँच खेल गुमाएको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फहाद स्टेडियममा भएको खेलमा यूएईका लागि हरिब अबदला अलमुसरखले दुई गोल गरे । यस्तै अलि सलेह र हाजिम अब्बासले एक/एक गोल गरे । यो नतिजापछि समूह ‘एच’ मा यूएईको पाँच खेलबाट १५ अंक भएको छ । नेपाल शून्य अंकमा छ । यसै समूहको अर्को खेलमा बहराइन र यमनले गोलरहित बराबरी खेले ।

थप

काठमाडौं । राजस्व अनुसन्धान विभागले दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा छापा हानेको छ । बिहीबार दिउँसो विभागले सशस्त्र प्रहरीको टोलीसहित क्यासिनोमा छापा हानेको हो । छापाका क्रममा क्यासिनो दर्ता, नवीकरणलगायत कागजात फेला नपरेको र करसमेत छली गरेको भन्दै क्यासिनो नै सिल गरिएको छ । स्रोतका अनुसार उक्त क्यासिनोबाट ९० लाख रुपैयाँ पनि बरामद भएको छ । यस्तै सो क्यासिनोका अध्यक्ष विनय साहको कार्यालय र लेखाका क्याबिन पनि सिल गरिएको बताइएको छ । साह यस अगाडिदेखि नै अर्को लाइभ ग्यामिङको मुद्दामा फरार प्रतिवादी छन् ।

थप