काठमाडौं । राजस्व अनुसन्धान विभागले दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा छापा हानेको छ । बिहीबार दिउँसो विभागले सशस्त्र प्रहरीको टोलीसहित क्यासिनोमा छापा हानेको हो ।
छापाका क्रममा क्यासिनो दर्ता, नवीकरणलगायत कागजात फेला नपरेको र करसमेत छली गरेको भन्दै क्यासिनो नै सिल गरिएको छ । स्रोतका अनुसार उक्त क्यासिनोबाट ९० लाख रुपैयाँ पनि बरामद भएको छ ।
यस्तै सो क्यासिनोका अध्यक्ष विनय साहको कार्यालय र लेखाका क्याबिन पनि सिल गरिएको बताइएको छ । साह यस अगाडिदेखि नै अर्को लाइभ ग्यामिङको मुद्दामा फरार प्रतिवादी छन् ।
Facebook Comments Box
